झापामा जेई संक्रमणबाट बालकको मृत्यु, मृतक संख्या ७ पुग्यो

झापा , २७ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस जेई अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।भद्रपुर नगरपालिका–८ बस्ने ८ वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

 

धरानमा करिब १४ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उहाँलाई घर ल्याएका थिए । घरमै राखेर उपचार तथा हेरचाह गरिरहेको अवस्थामा शुक्रबार उहाँको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । संक्रमितहरुको संख्या भने १४ पुगेको छ ।

 

स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेचीनगरमा दुई जना तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो समय जिल्लामा जेई संक्रमणसँगै मृत्युसमेत बढेपछि संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।स्वास्थ्य कार्यालयले आगामी असोज ५ गतेदेखि जिल्लामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा जेई संक्रमणबाट बालकको मृत्यु, मृतक संख्या ७ पुग्यो

झापा , २७ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस जेई अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।भद्रपुर नगरपालिका–८ बस्ने ८ वर्षीय अविनाश टुडुको

झापामा सार्वजनिक बिदामा पनि राहदानी र राष्ट्रिय परिचयपत्र सेवा

झापा ,२८ भदौ। जिल्ला प्रशासन कार्यालय झापाले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि पालो पर्खिरहेका सेवाग्राहीको संख्या शून्यमा झार्ने अभियान थालेको छ। ‘शून्य बाँकी आवेदन अभियान’

महानगर प्रहरी नागरिकले भरोसा गरेको संयन्त्र हो : कार्यवाहक प्रमुख सुनिता डंगोल

काठमाडौं , भदौ २८। काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्थापनका लागि अहोरात्र खटिने संयन्त्रका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।आइतबार

इटहरीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी,२८ भदौ । सुनसरीको इटहरीमा आज बिहानको राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय छ : आईजीपी कार्की

काठमाडौं,२८ भदौ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह

महानगरलाई सुरक्षित र व्यवस्थित बनाउन सबैको साझा प्रयास आवश्यक छ : राठौर

काठमाडौं ,२८ भदौ। प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउन सकिन्छ भनेर एउटै उद्देश्यका साथ परिचालित भएको बताउनु भएको छ