काठमाडौं ,२८ भदौ। जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त प्रहरी वृत्त गौशालाको भवन एक वर्षपछि पुनर्निर्माण सम्पन्न भएको छ।
आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुनर्निर्मित भवन उद्घाटन गर्दै आन्दोलनमा क्षति पुगेका ४५९ मध्ये ४५२ प्रहरी संरचना पुनर्निर्माण भइसकेको बताउनु भयो।
कार्कीले पुनर्निर्माणसँगै समुदाय र प्रहरीबीचको सम्बन्धसमेत बलियो बनेको उल्लेख गर्दै आगामी दिनमा ट्राफिक व्यवस्थापनलाई एआई–सक्षम सीसीटीभीलगायत प्रविधिमैत्री बनाउने बताउनु भयो।
सवारीबीच जोखिम मोलेर ट्राफिक प्रहरीले हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गरी वैज्ञानिक प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ।









