नयाँ दिल्ली,२८ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनमा सहभागी राष्ट्रका प्रमुख तथा अन्य प्रतिनिधिका लागि आयोजना गरेको विशेष रात्रिभोजमा सहभागी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।
शनिबार नयाँदिल्लीस्थित भारत मण्डपमा प्रधानमन्त्री मोदीले ब्रिक्स सदस्य राष्ट्रका नेताहरू, सम्मेलनमा सहभागी अन्य देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूका लागि रात्रिभोज आयोजना गर्नु भएको थियो। उक्त समारोहमा सी चिनफिङ भने उपस्थित हुनु भएन ।
सीको अनुपस्थितिको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । यद्यपि, उहाँको अनुपस्थितिले भारत–चीन सम्बन्ध तथा दुई देशबीचको पछिल्लो कूटनीतिक संवादका सन्दर्भमा चर्चा निम्त्याएको छ ।
.
मोदी–सी भेटवार्तापछि रात्रिभोजमा अनुपस्थिति
ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । करिब सात वर्षपछि भएको यो भेटमा दुई देशबीचको सम्बन्ध सुधार, सीमा क्षेत्रमा शान्ति तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
दुवै नेताबीचको भेटलाई भारत–चीन सम्बन्धमा सुधारको सम्भावनाका रूपमा हेरिएको छ । तर, त्यसै दिन आयोजित उच्चस्तरीय रात्रिभोजमा सी सहभागी नहुनुले उहाँको अनुपस्थितिको कारणबारे विभिन्न प्रश्न उठेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार रात्रिभोजमा अन्य विशिष्ट अतिथिहरू सहभागी भएका थिए । तर, सीको अनुपस्थितिलाई लिएर कुनै आधिकारिक स्पष्टीकरण आएको छैन ।
चिनियाँ राष्ट्रपतिको भारत भ्रमण सन् २०१९ पछि पहिलोपटक भएको हो । यस भ्रमणलाई दुई देशबीच लामो समयदेखि कायम सीमा विवाद र कूटनीतिक तनावपछि सम्बन्ध सामान्य बनाउने प्रयासका रूपमा हेरिएको छ । त्यसो अहिले मोदीले दिएको रात्रीभोजको सहाकारी परिकारले संचारमाध्ययमा उल्लेख्य चर्चा पाएको छ भने भोजमा सीको अनुपस्थितिलाई लिइर पनि विभिद अड्कलबाजी चलिरहेको छ ।









