इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं ,२८ भदौ। इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्समाथि १६ रनको शानदार जित हात पारेको छ ।

खेलमा पहिले टस जितेर सेलिब्रिटी क्रिकेट उत्सवका क्याप्टेन विवेक खतिवडाले ब्याटिङ गर्ने निर्णय गरेका थिए । १० ओभरको यो म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले निर्धारित १० ओभरमा ९३ रन बनाएर इन्डोर सुपर लिगका टिम ओनरलाई ९४ रनको लक्ष्य दिएको थियो ।

सेलिब्रिटी टोलीको इनिङ्गमा र्‍यापर भ्यौमा र दिलीप ओखेडाबीचको ५३ रनको साझेदारी निर्णायक बन्यो । यसका साथै सौगात विष्टले २२ रनको योगदान दिँदै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए ।

९४ रनको लक्ष्य पछ्याउँदै इन्डोर सुपर लिगका टिम ओनर्सले सेलिब्रिटी टोलीको कसिलो बलिङ सामना गर्न सकेनन् । कलाकार भरत कार्कीले १ विकेट लिँदा मोडल पुरुषोत्तम मलिकले २ विकेट हात पारे ।

सौगात विष्ट र दिलीप ओखेडाको अनुशासित बलिङका कारण टिम ओनर्सको पारी ७७ रनमै समेटियो र सेलिब्रिटी क्रिकेट उत्सवले १६ रनको सहज जित निकाल्यो ।

यो मैत्रीपूर्ण म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवका सल्लाहकार विक्की कार्की, कलाकार कुमार कट्टेल, कलाकार टंक तिमिल्सिना, कलाकार रवि ओड, डाइरेक्टर सुरेश न्यौपानेलगायतका कलाकार तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । टोलीको संयोजन सेलिब्रिटी क्रिकेट उत्सवका को–फाउन्डर सञ्जीव उपाध्यायले गरेका थिए ।

इन्डोर सुपर लिग नेपालको पहिलो फ्रेन्चाइज–आधारित इन्डोर क्रिकेट प्रतियोगिता हो, जसको दोस्रो संस्करण भदौ २२ देखि २८ गतेसम्म काठमाडौंको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आयोजना हुने भएको छ ।

यस संस्करणमा १० फ्रेन्चाइज टोली ‘काठमाडौं कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, पोखरा वारियर्स, माया हेटौंडा रोयल्स, मिक्सम्यान्डु, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्स, लुम्बिनी योर्कर्स, जनकपुर किंग्स र विराटनगर बटालियन’ले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुर टेलिभिजनले यस प्रतियोगिताको आधिकारिक प्रसारण साझेदारको जिम्मेवारी पाएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०