इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं ,२८ भदौ। इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्समाथि १६ रनको शानदार जित हात पारेको छ ।

खेलमा पहिले टस जितेर सेलिब्रिटी क्रिकेट उत्सवका क्याप्टेन विवेक खतिवडाले ब्याटिङ गर्ने निर्णय गरेका थिए । १० ओभरको यो म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले निर्धारित १० ओभरमा ९३ रन बनाएर इन्डोर सुपर लिगका टिम ओनरलाई ९४ रनको लक्ष्य दिएको थियो ।

सेलिब्रिटी टोलीको इनिङ्गमा र्‍यापर भ्यौमा र दिलीप ओखेडाबीचको ५३ रनको साझेदारी निर्णायक बन्यो । यसका साथै सौगात विष्टले २२ रनको योगदान दिँदै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए ।

९४ रनको लक्ष्य पछ्याउँदै इन्डोर सुपर लिगका टिम ओनर्सले सेलिब्रिटी टोलीको कसिलो बलिङ सामना गर्न सकेनन् । कलाकार भरत कार्कीले १ विकेट लिँदा मोडल पुरुषोत्तम मलिकले २ विकेट हात पारे ।

सौगात विष्ट र दिलीप ओखेडाको अनुशासित बलिङका कारण टिम ओनर्सको पारी ७७ रनमै समेटियो र सेलिब्रिटी क्रिकेट उत्सवले १६ रनको सहज जित निकाल्यो ।

यो मैत्रीपूर्ण म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवका सल्लाहकार विक्की कार्की, कलाकार कुमार कट्टेल, कलाकार टंक तिमिल्सिना, कलाकार रवि ओड, डाइरेक्टर सुरेश न्यौपानेलगायतका कलाकार तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । टोलीको संयोजन सेलिब्रिटी क्रिकेट उत्सवका को–फाउन्डर सञ्जीव उपाध्यायले गरेका थिए ।

इन्डोर सुपर लिग नेपालको पहिलो फ्रेन्चाइज–आधारित इन्डोर क्रिकेट प्रतियोगिता हो, जसको दोस्रो संस्करण भदौ २२ देखि २८ गतेसम्म काठमाडौंको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आयोजना हुने भएको छ ।

यस संस्करणमा १० फ्रेन्चाइज टोली ‘काठमाडौं कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, पोखरा वारियर्स, माया हेटौंडा रोयल्स, मिक्सम्यान्डु, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्स, लुम्बिनी योर्कर्स, जनकपुर किंग्स र विराटनगर बटालियन’ले प्रतिस्पर्धा गर्नेछन् । कान्तिपुर टेलिभिजनले यस प्रतियोगिताको आधिकारिक प्रसारण साझेदारको जिम्मेवारी पाएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ’ : ओली

काठमाडौं ,२८ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गर्नु भएको छ।आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम

मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ आयोजना हुने

मुस्ताङ , भदौ २८। हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको

सनातन धर्म र धर्मगुरुमाथिको प्रहार रोक्न माग, कानुन व्यवसायीद्वारा कारबाहीको चेतावनी

काठमाडौँ , भदौ २८ । नेपालका धर्मगुरुहरूलाई योजनाबद्ध रूपमा ‘विवादित’ भन्दै दुष्प्रचार गरिनु सर्वथा अनुचित भएको उल्लेख गर्दै सरोकारवालाहरूले सनातन धर्म तथा धर्मगुरुमाथि अनावश्यक विवाद

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं ,२८ भदौ। इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्समाथि १६ रनको शानदार जित हात पारेको छ

एमसीसीको पहिलो सफलतास् न्यू बुटवलदेखि भारत सीमासम्मको प्रसारण लाइन बन्यो

काठमाडौं , भदौ २८। नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न

समुदाय उत्थानमा योगदान गर्ने १३ जना सम्मानित

ह्यारिसबर्ग, पेन्सिलभेनिया, २८ भदौ। बुद्धखरी फाउन्डेसनले समुदायको सेवा, नेतृत्व विकास तथा सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान पुर्‍याउने १३ जनालाई ‘द कम्युनिटी अपलिफ्ट अवार्ड–२०२६’ प्रदान गरेको छ।