मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ आयोजना हुने

मुस्ताङ , भदौ २८। हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको छ।घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सम्मेलन गाउँपालिकाको आयोजनामा हुन लागेको हो। गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले आगामी भदौ ३० र ३१ गते जिल्ला सदरमुकाम जोमसोममा सम्मेलन आयोजना गरिने जानकारी दिए । सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकाय, संरक्षणकर्मी, विज्ञ, नागरिक समाज तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहने अध्यक्ष लालचनले बताए ।

हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमपातको स्वरूपमा आएको परिवर्तन, पानीका मुहान सुक्दै जानु, हिमताल तथा हिमपहिरोको जोखिम, बाढीपहिरो र कृषि प्रणालीमा परेको प्रभावजस्ता विषय सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्।जलवायु परिवर्तनका कारण मुस्ताङको परम्परागत कृषि, पशुपालन, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा समेत असर पर्न थालेको छ। यस्ता चुनौती सामना गर्न स्थानीय ज्ञान, वैज्ञानिक अध्ययन र सरकारी नीतिबीच समन्वय आवश्यक रहेको सरोकारवालाले बताउँदै आएका छन्।सम्मेलनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण, स्थानीय अनुकूलन योजना निर्माण, वातावरणमैत्री विकास तथा हिमाली समुदायको संरक्षणका विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ’ : ओली

काठमाडौं ,२८ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गर्नु भएको छ।आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम

मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ आयोजना हुने

मुस्ताङ , भदौ २८। हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको

सनातन धर्म र धर्मगुरुमाथिको प्रहार रोक्न माग, कानुन व्यवसायीद्वारा कारबाहीको चेतावनी

काठमाडौँ , भदौ २८ । नेपालका धर्मगुरुहरूलाई योजनाबद्ध रूपमा ‘विवादित’ भन्दै दुष्प्रचार गरिनु सर्वथा अनुचित भएको उल्लेख गर्दै सरोकारवालाहरूले सनातन धर्म तथा धर्मगुरुमाथि अनावश्यक विवाद

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं ,२८ भदौ। इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्समाथि १६ रनको शानदार जित हात पारेको छ

एमसीसीको पहिलो सफलतास् न्यू बुटवलदेखि भारत सीमासम्मको प्रसारण लाइन बन्यो

काठमाडौं , भदौ २८। नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न

समुदाय उत्थानमा योगदान गर्ने १३ जना सम्मानित

ह्यारिसबर्ग, पेन्सिलभेनिया, २८ भदौ। बुद्धखरी फाउन्डेसनले समुदायको सेवा, नेतृत्व विकास तथा सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान पुर्‍याउने १३ जनालाई ‘द कम्युनिटी अपलिफ्ट अवार्ड–२०२६’ प्रदान गरेको छ।