‘अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ’ : ओली

काठमाडौं ,२८ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गर्नु भएको छ।आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्ष गर्दै आएको बताउनु भयो।उहाँले भन्नु भयो, ‘मैले देख्दा त अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ। छापामार एकै लाइनमा होइन है। छापा मार सरकार।’ओलीले प्रेस तथा पत्रकारिताको विकास लामो संघर्षपछि भएको उल्लेख गर्दै छापा माध्यमलाई पुरानो वा अप्रासंगिक ठान्न नहुने बताउनु भयो। उहाँका अनुसार छापा माध्यममा प्रकाशित सामग्री तत्काल मेटाउन नसकिने भएकाले यसको आफ्नै महत्व रहेको छ।

 

उहाँले भन्नु भयो, ‘यो छापा पत्रकारिता एउटा लाग्न सक्छ मान्छेलाई कि यो अब आउटडेटेड भयो भनेर। योभन्दा पछि नयाँ सजिला विधि–तरिकाहरू, छिटा–छिटो गर्ने विधि–तरिकाहरू निस्किए होलान्। तर, यो चाहिँ यस्तो एउटा दस्तावेज हो, लेख्ने मान्छेले पनि होसियार भएर लेख्न पर्छ। किनभने यो एकछिनपछि ‘डिलिट गर्छु, अलिकति विरोध आयो डिलिट गर्छु’ भनेर डिलिट हुँदैन यो। यो चाहिँ छापामा बस्छ।’उहाँले नेपालमा प्रेस तथा पत्रकारिताको इतिहास संघर्षसँग जोडिएको बताउनु भयो। राणा शासनको समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकार, लेखक तथा साहित्यकारहरूले ठूलो जोखिम उठाएको उल्लेख गर्दै ओलीले स्वतन्त्रताको पक्षमा भएको संघर्षलाई निरन्तरता दिनुपर्ने बताउनु भयो।

 

उहाँले भन्नु भयो, एउटा कविता लेख्दाखेरी मान्छे १८ वर्ष जेल थुनिन्थ्यो, शास्त्रका कुरा वाचन गर्दा त्यही शास्त्रको कुरा वाचन गर्दा फाँसी खान्थ्यो। त्यो समयबाट हामी अगाडि बढेका हौँ। संघर्षको बाटो अगाडि बढ्यौँ।’ओलीले अहिलेको समयसम्म आइपुग्न प्रेस जगतले लामो संघर्ष गरेको बताउनु भयो। उहाँले स्वतन्त्रताविरोधी तथा प्रतिगामी कदम लामो समय टिक्न नसक्ने दाबीसमेत गर्नु भयो।उहाँले भन्नु भयो, ‘यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ, यसको प्रभाव जहाँ पुगेको छ, यसको ऐतिहासिक महत्त्व मान्छेले जति बुझेका छन्, यस स्थितिमा अब लामो समय रोक्न सकिँदैन।’उहाँले सञ्चार क्षेत्रका प्रतिनिधिहरूलाई आफ्नो आवाज निरन्तर उठाउन आग्रह गर्दै एमालेले उनीहरूको मागमा पूर्ण समर्थन गर्ने बताउनु भयोत्यसकारण तपाईंहरूको यो आवाज सही छ, यसलाई निरन्तरता राख्नुस्। प्रदीप ज्ञवालीजीले व्याख्यासहित भन्नुभयो, हाम्रो पूर्ण समर्थन छ, हामी साथ दिन्छौँ,’ उहाँले भन्नु भयो।

 

ओलीले सञ्चार क्षेत्रको स्वतन्त्रताको सवाल एमालेका लागि पनि महत्वपूर्ण विषय भएको बताउनु भयो। आफूहरू स्वतन्त्रताको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै उहाँले पत्रकार तथा सञ्चारकर्मीको आन्दोलनमा पार्टीको साथ रहने बताउनु भयो।उहाँले भन्नु भयो, ‘यो तपाईंहरूको मात्रै अहिले तपाईंहरू त्यो जबमा, त्यो पेसामा हुनुहुन्छ त्यसकारण तपाईंहरूलाई सरोकार जस्तो लाग्छ। हाम्रो त उद्देश्य नै त्यही हो, गन्तव्य नै त्यही हो, हाम्रो त कामै त्यही हो, हाम्रो ड्युटी नै त्यही हो।’ओलीले स्वतन्त्रताको पक्षमा भएको संघर्षमा आफूहरूले जेलनेल, पिटाइ तथा यातनासमेत भोगेको उल्लेख गर्नु भयो। उहाँले सञ्चारकर्मीहरूलाई आफ्नो संघर्षमा विश्वस्त भएर अघि बढ्न आग्रह गर्नु भयो।उहाँले भन्नु भयो, ‘हामी लड्या छौँ, हामी जेलनेल खट्या छौँ, हामीले पिटाई–छुटाई खाएका छौँ, यातना भोग्या छौँ स्वतन्त्रताको लडाइँमा।’उहाँले सत्यको पक्षमा रहेर अघि बढ्दा अन्ततः सफलता प्राप्त हुने दाबी गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक