हेटौँडाको पशुपति मन्दिरमा तीजको रौनक

हेटौँडा ,२९ भदौ। हरितालिका तीजको अवसरमा आज सोमबार हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । तीजका अवसरमा विशेष गरी महिलाहरू बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा दर्शन गरिरहेका छन् । रातो सारी तथा तीजको पहिरनमा सजिएका महिलाहरू समूह–समूहमा मन्दिर परिसरमा पुगेका छन् ।

मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेसँगै तीजको धार्मिक तथा सांस्कृतिक वातावरणसमेत देखिएको छ । विवाहित तथा अविवाहित महिलाहरूले आफ्नो मनोकामना पूरा होस्, परिवारमा सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने कामनासहित भगवान् शिवको पूजा–आराधना गरेका छन् । हरितालिका तीज नेपाली हिन्दु महिलाहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ । यस दिन महिलाहरूले व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

परम्परागत चिकित्सामा सहकार्य बढाउने निर्णय

काठमाडौं , २९ भदौ। भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने

मेचीनगरबाट साढे ६ लाख बढीको अवैध सामान बरामद

झापा, भदौ २९। झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल, नेपालले ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित

विपद् प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सुरु

काठमाडौं,२९ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार

हेटौँडाको पशुपति मन्दिरमा तीजको रौनक

हेटौँडा ,२९ भदौ। हरितालिका तीजको अवसरमा आज सोमबार हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

‘अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ’ : ओली

काठमाडौं ,२८ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गर्नु भएको छ।आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम