शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री

काठमाडौं ,२९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनु भयो।मधेश प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिनु भयो।

 

उहाँले काठमाडौंमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्ने बताउनु भयो । ‘विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,’ उहाँले भन्नु भयो, ‘उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ ।’भदौ २६ गते धनुषाबाट सुरु भएको मन्त्रीसहितको टोलीको मधेश यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो । यात्राका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका विषयमा सुझाव संकलन गरिएको थियो ।

मन्त्री पोखरेलका अनुसार यात्राका क्रममा काठमाडौंमा बसेर सहजै जानकारी नहुने शिक्षा क्षेत्रका स्थानीय समस्या तथा व्यावहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त भएको छ । कक्षाकोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका अनुभव र सुझावले आगामी शिक्षा ऐन लगायतका कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने उहाँको भनाइ छ ।उहाँले मधेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता अत्यन्तै ठूलो रहेको बताउनु भयो । कृषि शिक्षा विस्तार तथा कृषि कलेज स्थापना पनि मधेशका लागि महत्वपूर्ण आवश्यकता रहेको उहाँले उल्लेख गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चिलिमे टनेलमा रातभर उद्धार कार्य

रसुवा,२९ भदौ । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ ।   उद्धार टोलीले रातभरी पनि टनेल नजिक

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं ,२९ भदौ। राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो

व्रतको आध्यात्मिक उद्देश्य पूरा गर्न नकरात्मक सोच र गतिविधि त्याग्नुपर्छ: मुकुन्द नेपाल

काठमाडौं,२९ भदौ । हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने हरितालिका तीज धार्मिक आस्था, पारिवारिक सुख–शान्ति र सामाजिक संस्कृतिसँग जोडिएको पर्व हो ।

शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री

काठमाडौं ,२९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक

परम्परागत चिकित्सामा सहकार्य बढाउने निर्णय

काठमाडौं , २९ भदौ। भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने

मेचीनगरबाट साढे ६ लाख बढीको अवैध सामान बरामद

झापा, भदौ २९। झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल, नेपालले ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित