एकीकृत प्रतिवेदन बनाउन एमालेका तीन शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौँ,२९ भदौ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले दुवै प्रतिवेदन एउटा बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ ।काभ्रेको बल्थलीमा दुई दिन सञ्चालन भएको कार्यदल बैठकमा सहमति नजुटेपछि तीन नेतालाई जिम्मेवारी दिइएको हो। थापा कार्यदलका संयोजक हुनुन्छ भने पोखरेल सदस्यसचिव हुनुन्छ ।तर कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरिएको दाबी गर्नु भएको छ ।

 

‘कार्यदलमा प्रस्तुत दुवै मस्यौदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले राखेका सुझावहरूलाई समेटी अन्तिम रूप दिने जिम्मेवारी संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शंकर पोखरेललाई दिइएको छ’, बस्नेतले जानकारी दिनु भएको छ । साथै बैठकले पार्टीको समग्र कार्यशैली, सङ्गठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा गम्भीर छलफल भएको जनाएका छन् । साथै बैठकले वर्तमान सरकारका अधिनायकवादी गतिविधिको एकताबद्ध भएर जनताको पक्षमा उभिने निर्णय गरेको छ ।

‘वर्तमान सरकारका अधिनायकवादी, फासिवादी तथा जनविरोधी गतिविधिको विरोध गर्दै जनताको पक्षमा दृढ, एकताबद्ध र जुझारु सङ्गठन निर्माण गर्ने विषयमा प्राप्त सुझावहरूलाई समेत छलफलमा समेटियो’,सचिव बस्नेतले भन्नु भएको छ।कार्यदलको अर्को बैठक आगामी असोज १ गते बस्ने सदस्यहरूले बताएका छन्। सोही बैठकमा तीन नेताले एकीकृत प्रतिवेदन पेस गर्नेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

काठमाडौं , २९ भदौ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ पर्नु भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित

संस्थापनको महाधिवेशन बहिष्कार गर्न शशांक समूहको अपिल

काठमाडौं,२९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले

ग्रीन आर्मीको वैधानिकतामाथि सर्वोच्चको प्रश्नस् सरकार र सेनासँग माग्यो लिखित जवाफ

काठमाडौं , २९ भदौ। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले

पीडित किसानका लागि छुट्टै कोष माग्दै सांसद तर सरकार भन्छ– नीति छैन

काठमाडौँ,२९ भदौ । राष्ट्रिय सभाका सांसदहरूले संक्रामक रोगबाट पशुधन गुमाएका किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने माग राखेका छन्। सोमबार विधायन

अरुण भ्यालीले ५ प्रतिशत बोनस सेयर दिने, साधारणसभा असोज २७ गते

काठमाडौं , भदौ २९। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने

एकीकृत प्रतिवेदन बनाउन एमालेका तीन शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौँ,२९ भदौ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले दुवै प्रतिवेदन एउटा बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव