अरुण भ्यालीले ५ प्रतिशत बोनस सेयर दिने, साधारणसभा असोज २७ गते

काठमाडौं , भदौ २९। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफा तथा सञ्चितीबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार हाल कायम चुक्तापूँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँको ५ प्रतिशतले हुन आउने २० करोड २० लाख २० हजार १५७ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.२६३ प्रतिशतले हुन आउने १ करोड ६ लाख ३२ हजार ३२० रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।यसअनुसार कम्पनीले सेयरधनीलाई कुल २१ करोड २६ लाख ५२ हजार ४७८ रुपैयाँ ३९ पैसा बराबरको लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश कम्पनीको २९औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै वितरण हुनेछ । कम्पनीले साधारणसभा असोज २७ गते बोलाएको छ ।साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

काठमाडौं , २९ भदौ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ पर्नु भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित

संस्थापनको महाधिवेशन बहिष्कार गर्न शशांक समूहको अपिल

काठमाडौं,२९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले

ग्रीन आर्मीको वैधानिकतामाथि सर्वोच्चको प्रश्नस् सरकार र सेनासँग माग्यो लिखित जवाफ

काठमाडौं , २९ भदौ। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले

पीडित किसानका लागि छुट्टै कोष माग्दै सांसद तर सरकार भन्छ– नीति छैन

काठमाडौँ,२९ भदौ । राष्ट्रिय सभाका सांसदहरूले संक्रामक रोगबाट पशुधन गुमाएका किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने माग राखेका छन्। सोमबार विधायन

अरुण भ्यालीले ५ प्रतिशत बोनस सेयर दिने, साधारणसभा असोज २७ गते

काठमाडौं , भदौ २९। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने

एकीकृत प्रतिवेदन बनाउन एमालेका तीन शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौँ,२९ भदौ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले दुवै प्रतिवेदन एउटा बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव