कालोबजारी र म्याद गुज्रिएका सामान बेच्ने झापाका दुई व्यवसायी कारबाहीमा

झापा,३० भदौ  । म्याद गुज्रिएका र बजारभन्दा दोब्बर बढी मूल्यमा सामान बिक्री गर्ने झापाका दुई व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले कार्वाही गरेको छ ।कार्वाहीमा पर्नेहरुमा मेचीनगर ९ स्थित दास किराना पसल र बुद्धशान्ति –३ बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्स रहेका छन ।भदौ २२ गते मेचीनगर ९ स्थित दास किराना पसलले गाईभैंसीलाई खुवाइने दाना म्याद गुज्रिएको अवस्थामा विक्री गरेको भन्ने उपभोक्ता जागरण अभियान नेपालमार्फत गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा खाद्य प्रविधि कार्यालय ,इलाका प्रहरी कार्यालय ,वडा कार्यालय समेतको उपस्थितिमा उक्त पसलको अनुगमन गरिएको थियो ।

 

अनुगमनका क्रममा वीरगञ्जको प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात ४९० किलोग्राम दाना म्याद गुज्रिएको अवस्थामा बरामद भएको थियो । म्याद गुज्रिएको दाना विक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदनका आधारमा दुई लाख रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

यसैगरी हिजो बुद्धशान्ति –३ बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्सले प्रचलित बजारभन्दा दोब्बर बढी मूल्यमा काँडेतार विक्री गरिरहेको भन्ने उजुरी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा आन्तरिक राजश्व कार्यलय र उपभोक्ता हित संरक्षण संस्थाका प्रतिनिधि समेत रहेको टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा टोलीले आवश्यक अनुसन्धानका लागि शिवम् ट्रेड एन्ड सप्लायर्सका प्रोप्राइटरलाई तीन दिनभित्र आर्थिक वर्ष २०८२र८३ का बिल बिजक, खाता र अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक छ : सांसद खनाल

काठमाडौं,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नवलपुरमा महिलाको हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै महिलाका लागि सुरक्षित समाज निर्माण गर्न आवश्यक कदम

रसुवा बाढीपछि राहत र पुनस्र्थापनाको प्याकेज कहिले आउँछ ?

काठमाडौं,३० भदौ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, आरोपी महिला पक्राउ

धनुषा,३० भदौ। धनुषामा अपहरणमा परेका १५ महिनाका बालक सिद्वान्त महतोलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बालक अपहरणमा संलग्न रहेको आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ

अब एटीएमबाटै १०० को नोट : राष्ट्र बैंकको निर्देशन

काठमाडौं ,३० भदौ। नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको

खर्क तथा चरन क्षेत्रका कानुनी अड्चन हटाउनुपर्छ : अध्यक्ष दाहाल

काठमान्डौ,३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको बताउनु भयो छ। मंगलबार सार्वजनिक

कालोबजारी र म्याद गुज्रिएका सामान बेच्ने झापाका दुई व्यवसायी कारबाहीमा

झापा,३० भदौ  । म्याद गुज्रिएका र बजारभन्दा दोब्बर बढी मूल्यमा सामान बिक्री गर्ने झापाका दुई व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले कार्वाही गरेको छ ।कार्वाहीमा पर्नेहरुमा मेचीनगर