अब एटीएमबाटै १०० को नोट : राष्ट्र बैंकको निर्देशन

काठमाडौं ,३० भदौ। नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यसअघि अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था थियो । १०० रुपैयाँका नोट एटीएमबाटै उपलब्ध हुन थालेपछि साना दरका नोट आवश्यक पर्ने ग्राहकलाई काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्र बैंकले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक छ : सांसद खनाल

काठमाडौं,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नवलपुरमा महिलाको हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै महिलाका लागि सुरक्षित समाज निर्माण गर्न आवश्यक कदम

रसुवा बाढीपछि राहत र पुनस्र्थापनाको प्याकेज कहिले आउँछ ?

काठमाडौं,३० भदौ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, आरोपी महिला पक्राउ

धनुषा,३० भदौ। धनुषामा अपहरणमा परेका १५ महिनाका बालक सिद्वान्त महतोलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बालक अपहरणमा संलग्न रहेको आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ

अब एटीएमबाटै १०० को नोट : राष्ट्र बैंकको निर्देशन

काठमाडौं ,३० भदौ। नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको

खर्क तथा चरन क्षेत्रका कानुनी अड्चन हटाउनुपर्छ : अध्यक्ष दाहाल

काठमान्डौ,३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको बताउनु भयो छ। मंगलबार सार्वजनिक

कालोबजारी र म्याद गुज्रिएका सामान बेच्ने झापाका दुई व्यवसायी कारबाहीमा

झापा,३० भदौ  । म्याद गुज्रिएका र बजारभन्दा दोब्बर बढी मूल्यमा सामान बिक्री गर्ने झापाका दुई व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले कार्वाही गरेको छ ।कार्वाहीमा पर्नेहरुमा मेचीनगर