बाढीपीडितको मानसिक स्वास्थ्य र उपचारमा ध्यान दिन सांसद रानाको माग

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले बाढी तथा विपद्का कारण धेरै मानिस शारीरिक समस्यासँगै मानसिक समस्यामा परेको बताउनु भयो।

 

आफू पनि नुवाकोटको विदुर नगरपालिकामा बालबालिका तथा महिलालाई उद्धार गर्ने क्रममा प्रत्यक्ष रुपमा सहभागी भएको बताउँदै उहाँले उद्धार गरिएका कतिपयमा स्वास्थ्य समस्या देखिएको र धेरैजना मानसिक समस्यामा रहेको समेत बताउनु भयो। उहाँले विपद्पछि मानसिक स्वास्थ्य उपचार र पुनस्र्थापनाका लागि पर्याप्त अस्पताल तथा पनस्थान केन्द्रको अभाव रहेको बताउनु भयो । आर्थिक रूपमा सक्षम व्यक्तिले निजी क्षेत्रबाट उपचार पाउने अवस्था भए पनि गरिब तथा विपन्न परिवारका पीडितले उपचार पाउन कठिनाइ हुने उहाँले बताउनु भयो ।

 

सांसद राना मगरले विपद्का कारण सबै सम्पत्ति गुमाएका नागरिकलाई उपचार खर्चको भारसमेत आफैंले बोक्नुपर्ने अवस्था सिर्जना हुन नहुने बताउनु भयो । बाढीपीडितलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउँदा सम्बन्धित स्थानीय तह वा वडामार्फत आवश्यक कागजात तथा परिचयपत्रको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।विपद् प्रभावित नागरिकको थप उपचार खर्च सरकारले नै व्यहोर्नुपर्नेमा उहाँले बताउनु भयो । उहाँले बाढीपीडितको आधारभूत आवश्यकता पूरा गर्नु राज्यको दायित्व भएको बताउँदै विपद्का बेला सरकारले थप संवेदनशील भएर काम गर्नुपर्ने उल्लेख गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक