सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सांसद हमालको माग

काठमाडौं ,३१ भदौ। नेकपा एमालेकी सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गर्नु भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले यस्तो घटना एउटा परिवारको मात्रै पीडा नभई स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारी माथिकै गम्भीर प्रश्न भएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘पैसा तिर्न नसकेको कारण एक गर्भवती महिलालाई अस्पतालबाट निकालिदिन्छ र उहाँले अस्पतालको गेटबाहिर बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था आउँछ भने यो केवल एउटा परिवारको पीडा होइन । हाम्रो स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारी माथिको गम्भीर प्रश्न हो । सरकारले नागरिकको जीवनभन्दा अस्पतालको बिललाई ठूलो बनाउने अवस्था अन्त्य गर्नुपर्छ । विपन्न गर्भवती र जोखिममा रहेका महिलाले उपचार नपाएर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुँदैन ।’

 

सांसद हमालले यस्ता घटनाको छानबिन र अस्पतालको लापरबाहीबारे प्रश्न उठाउँदा त्यसलाई सरकार गिराउने खेलका रूपमा राजनीतिकरण गर्ने प्रवृत्तिको पनि आलोचना गर्नु भयो । अझ दुःखद कुरा यस्तो घटनाको छानबिन र अस्पतालको लापरबाहीबारे प्रश्न उठाउँदा सरकार गिराउने खेल भनेर विषयलाई राजनीतिकरण गरिन्छ । म सरकारलाई भन्न चाहन्छु, सरकारको आलोचना गर्नु सरकार गिराउने खेल होइन । नागरिकको जीवन बचाउन सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षको संवैधानिक जिम्मेवारी हो । त्यहीँसैले म खबरदारी गर्न चाहन्छु,’ उहाँले भन्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा

कृष्णभीरमा नयाँ ट्रयाक तयार : असोज १ देखि दुई तर्फी खुल्ने

काठमाडौँ,३० भदौ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसदमा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ

सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सांसद हमालको माग

काठमाडौं ,३१ भदौ। नेकपा एमालेकी सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको प्रति संसद्‌मा प्रश्न

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु

बाढीपीडितको मानसिक स्वास्थ्य र उपचारमा ध्यान दिन सांसद रानाको माग

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने