प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सत्तापक्षबाटै पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने व्यवहार भइरहेको आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु हामी सबै माननीय सदस्यहरूको दायित्व हो र यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुन आउँछ । हामीले धेरै पटक आग्रह गरिसकेका छौँ । यो विषय उठान गरिसकेका छौँ । सरकार पक्षबाट, सत्तापक्षबाट पटक–पटक यो सदनको गरिमा आँच आउने गरी, मर्यादामा आँच आउने गरी व्यवहार भइरहेका छन् र त्यो प्रकारको कार्यशैली र व्यवहार यहाँ प्रकट भइरहेको छ ।’

महरले सदनको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको हो कि सरकारबाट पनि हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म प्रश्न सोध्न चाहन्छु, के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षहरूबाट मात्रै अपेक्षा गरिएको हो रु? म यो प्रश्न गर्न चाहन्छु । सबैभन्दा बढी सरकारले यो सभाको गरिमा र मर्यादा राख्नुपर्ने हैन र?’

महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले समेत उक्त नियम उल्लङ्घन गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै माननीय युवराज दुलाल बोलिरहेको बखत माननीय गृहमन्त्रीज्यू प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने नियमको व्यवस्था गरेको छ । यो नियमको उल्लङ्घन गर्दै कहिले प्रधानमन्त्रीज्यू, कहिले माननीय गृहमन्त्रीज्यूहरूले त्यो नियमको उल्लङ्घन गर्नुभएको छ र म आग्रह गर्न चाहन्छु।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा

कृष्णभीरमा नयाँ ट्रयाक तयार : असोज १ देखि दुई तर्फी खुल्ने

काठमाडौँ,३० भदौ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसदमा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ

सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सांसद हमालको माग

काठमाडौं ,३१ भदौ। नेकपा एमालेकी सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको प्रति संसद्‌मा प्रश्न

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु