पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले भदौ १० गतेको विपत्तिबाट नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका प्रकाश जोशीको परिवारले भोगेको पीडा उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।

उहाँका अनुसार जोशीले आफ्नो व्यापार–व्यवसाय र घर मात्रै नभई परिवारका पाँच जना सदस्य—आमा, श्रीमती, दुई छोरा र बुहारी गुमाएका छन्। तीमध्ये एक छोराको शव भेटिए पनि डीएनए रिपोर्ट नआएको भन्दै परिवारलाई शव बुझाउन कठिनाइ भइरहेको उहाँले बताउनु भयो ।

ओलीले भन्नुभयो , ‘उहाँ एक जना होइन, यो अवस्थाबाट गुज्रिरहनुभएको धेरै परिवारहरू हुनुहुन्छ। अब उहाँजस्तो पीडामा भएको मान्छेले कसरी त्यत्रो समय कुर्न सक्नुहुन्छ? राज्यको संवेदनशीलता यहाँ आवश्यक छ।’

प्रहरी अस्पतालमा डीएनएका लागि रगत दिएको १५ दिनभन्दा बढी भइसके पनि रिपोर्ट नआएको जोशीले आफूलाई जानकारी गराएको उनले बताइन्। डीएनएको रिपोर्ट सबैको एकैपटक निकाल्ने र त्यसका लागि तीन–चार महिनासम्म लाग्न सक्ने जानकारी पाएको पनि ओलीले सदनलाई जानकारी गराउनु भयो ।

उहाँले पूर्ण रूपमा पहिचान खुलिसकेका शवको छुट्टै व्यवस्थापन गरी सनाखत तथा मुचुल्का उठाएर तत्काल परिवारलाई जिम्मा दिन सरकारसँग आग्रह गर्नुभयो ।
‘कम्तीमा कि त स्पष्ट पहिचान खुलेकाहरूको परिवारलाई जिम्मा दिनुप¥यो, होइन डीएनएकै चाहिने हो भने उहाँहरू जस्ताको छुट्टै चाँडै डीएनएको रिपोर्ट आउने व्यवस्थापन गरिदिनुप¥यो,’ उहाँले भन्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा

कृष्णभीरमा नयाँ ट्रयाक तयार : असोज १ देखि दुई तर्फी खुल्ने

काठमाडौँ,३० भदौ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसदमा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ

सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सांसद हमालको माग

काठमाडौं ,३१ भदौ। नेकपा एमालेकी सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको प्रति संसद्‌मा प्रश्न

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु