परराष्ट्र नीति राष्ट्रिय हित केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं,३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खनालले नेपालले छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनु भयो । उहाँले भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन आफूले हालै दुवै देशको औपचारिक भ्रमण गरेको जानकारी गराउनु भयो। उहाँले ५ देखि ७ जुन २०२६ सम्म भारत र १४ देखि १७ जुन २०२६ सम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरेको बताउनु भयो ।

 

‘नेपालले छिमेकी एवं मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको छ । द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरूको महत्वपूर्ण भूमिका रहन्छ । यसै क्रममा मैंले ५ देखि ७ जुन २०२६ सम्म मित्रराष्ट्र भारतको र १४ देखि १७ जुन २०२६ सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेको विषयमा यस सम्मानित सदनलाई जानकारी गराइसकेको छु,’ उहाँले भन्नु भयो। भारतको औपचारिक भ्रमणको क्रममा उहाँको अभिव्यक्तिमा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ पुरानो बोझ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक रहको पनि बताउनु भयो ।

 

मन्त्री खनालले ‘ब्यागेज’ शब्दले विगतमा देखिएको नकारात्मक बोझ वा अवरोधलाई जनाउने भन्दै आफ्नो अभिव्यक्ति आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुने सन्दर्भमा रहेको स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘सर्वप्रथम त ‘ओल्ड ब्यागेज’को स्पष्ट अर्थ र प्रयोग भएको सन्दर्भ उल्लेख गर्न चाहन्छु । ’ब्यागेज’ शब्दले स्वाभाविक रूपमा नकारात्मक बोझ वा विगतको अवरोध नेगेटिभ कनोटिसनलाई जनाउँछ । उक्त भनाइको सन्दर्भ र तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण इन्टरनल पोलिटिकल पोलराइजेसन तथा परराष्ट्र नीति र कूटनीतिको सङ्कीर्ण राजनीतिक अस्त्रीकरण परोक्यल पोलिटिकल विपनाइजेसन अफ फरेन पोलिसी एन्ड डिप्लोमेसी बाट मुक्त हुनु हो।’

 

तर ‘ओल्ड ब्यागेज’ अभिव्यक्तिलाई राज्यको विरासत वा राज्य र सरकार निरन्तर उत्तराधिकारी संस्था हुने स्थापित राजनीतिक मान्यताविपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुने उहाँले बताउनु भयो।उहाँका अनुसार छिमेकी मुलुकसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने विगतको अभ्यास नै ‘पुरानो बोझ’ हो । मन्त्री खनालले आफ्नो अभिव्यक्ति नेपालको इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा ऐतिहासिक दस्तावेजको संरक्षणप्रति लक्षित नभएको पनि स्पष्ट पार्नु भयो ।उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा तथा त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन संसद्को सर्वसम्मत निर्णय र नेपाली जनताको साझा राष्ट्रिय सङ्कल्प भएको बताउनु भयो ।

वर्तमान सरकारले कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासमा नअल्झी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई अघि बढाउन चाहेको पनि उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तीव्र

काठमाडौँ,३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ।क्षतिग्रस्त भएका मध्ये १२ वटा झोलुङ्गे पुलहरूको

दमकमा आन्दोलनका बेला लुटिएका ३१ राउन्ड गोली फेला

दमक, २९भदौ । गत भदौ १५ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली फेला पर्‍यो ।लागूऔषध नियन्त्रणका लागि इलाका प्रहरी

परराष्ट्र नीति राष्ट्रिय हित केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं,३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा