बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तीव्र

काठमाडौँ,३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ।क्षतिग्रस्त भएका मध्ये १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु भइसकेको छ। धादिङको कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल रहेका छन्। त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ। यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको छ।

यसका साथै बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुलहरूको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको छ। मर्मतमा आवश्यक डेकलगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइ पहिलो चरणको सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको छ।यसबाहेक उक्त करिडोरमा मर्मत नै हुन नसक्ने गरी क्षति भएका ३३ वटा झोलुङ्गे पुलको भने पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान भइसकेको छ। पुल निर्माण तथा मर्मतका लागि अत्यावश्यक मानिने लठ्ठा, बुलडग ग्रिप्सु लगायतका सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तीव्र

काठमाडौँ,३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ।क्षतिग्रस्त भएका मध्ये १२ वटा झोलुङ्गे पुलहरूको

दमकमा आन्दोलनका बेला लुटिएका ३१ राउन्ड गोली फेला

दमक, २९भदौ । गत भदौ १५ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली फेला पर्‍यो ।लागूऔषध नियन्त्रणका लागि इलाका प्रहरी

परराष्ट्र नीति राष्ट्रिय हित केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं,३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा