मेचीनगर , ३१ भदौ । झापाको मेचीनगरमा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका ३ बाहुनडाँगीको पहलेधापस्थित धान खेतमा आज बिहान ६ः ३० मा एउटा भाले हात्ती मृत फेला परेको हो । हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी टोली र वन कार्यालयको टोली पुगिसकेको काँकडभिट्टा प्रहरीले जनाएको छ ।

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि
विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।









