अनुसन्धान जारी

सुरुङ्गाबाट ठूलो परिमाणको लागूऔषधसहित १ जना पक्राउ

झापा, भदौ ३१ । आफ्‌नै घरमा लागूऔषध बेच्दै गर्दा कन्काईमा एक कारोबारी पक्राउ परेका छन् । गएराति १० बजे कन्काई वडा नं. ३ सुरुङ्गा बस्ने ३५ वर्षीय बादशाह भन्ने फियाज मोमिन आफ्नै घरमा लागूऔषध बेच्दै गर्दा पक्राउ परेका हुन् ।गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको कमाण्डमा खटिएको टोलीले उनको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम १३९ पोका ब्राउन सुगर फेला पारेको छ ।त्यस्तै नाइट्रोजन ६ पत्ता ६० पिस, नगद १२ हजार , एक थान डिजिटल तराजु र दुई थान मोबाइल पनि बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङगामा ल्याइएको प्रहरीले जनाएको छछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोरङ सीमाबाट ७ हजार ब्रोइलर चल्ला बरामद

मोरङ, ३१ भदौ ।भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं,३१ भदौ । अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल

विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन

काठमाडौं ,३१ भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका

प्रधानमन्त्री र अमेरिकी कार्यवाहक राजदूत बीच भेटवार्ता

काठमाडौं ,३१ भदौ । प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ

बच्चा जन्मिएपछि आमाले मात्रै होइन, अब बुबाले पनि

काठमान्डौ , ३१ भदौ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरेको छ। प्रस्तावित विधेयकमा

क्षतिग्रस्त जलविद्युत् पुरानै डिजाइनमा पुनर्निर्माण गर्न हुँदैन : हितेन्द्रदेव शाक्य

काठमाडौँ,३१ भदौ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पु¥यायो