वर्षैभरि खस्ने घ्याप्चेको पहिरोले तटीय क्षेत्र सङ्कटमा

रामेछाप,३१ भदौ । रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ ।हिउँद होस् या वर्षा सधैँ पहिरो जाने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कँदा पहिरो गएकै हुन्छ । घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ । रामेछापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको सिर हो घ्याप्चे । घ्याप्चेमा गएको पहिरो रणजोर खोलाले बगाएर मन्थली हुँदै तामाकोसी नदीमा पु¥याउँछ । घ्याप्चेमा वर्षामा भन्दा हिउँदमा बढी सुक्खा पहिरो जान्छ । हिउँद महिनामा पहिरिएर जम्मा भएको ढुङ्गामाटो वर्षा याममा खोलाले बगाउने गर्दछ । रणजोर खोलामा वर्षामा पानी होइन लेदो माटो बग्छ ।

 

रामेछापबाट निर्वाचित पूर्वसांसद तथा भूगोलका विज्ञ देवशंकर पौडेलका अनुसार यो पहिरो विसं १९७२ सालदेखि जान सुरु भएको थियो । बिचमा पहिरो जाने रोकिने गर्दै आएको घ्याप्चे विसं २०११ सालदेखि भने लगातार पहिरिँदै आएको छ ।२०११ सालदेखि गएको यो भीषण पहिरोले गैराथोक, अर्चले, सामलिस्थान र मन्थली घाट लगायत क्षेत्रका कयौँ बस्ती उठाइसक्यो । गैराथोकदेखि मन्थलीको तामाकोसी किनारसम्मको तटीय क्षेत्रको सयौँ रोपनी खेत पहिरोले बगाउने र पुर्ने काम गरिसकेको छ । यसले लाखौँ मुरी धान फल्ने खेत बिगारी सकेको छ, धेरै बस्ती नै उठाएको छु, पौडेलले भन्नु भयो।

 

पहिराले गैराथोक र सामलिस्थानका बस्तीमा सबैभन्दा बढी क्षति पुर्याएको छ । ती बस्तीहरू बस्नै नमिल्ने जोखिमपूर्ण अवस्थामा पुगेका छन् । हरेक पटक पहिरो जाँदा ती बस्ती थर्कने र घरहरू चर्कने क्रम जारी छ । गैराथोक र सामलिस्थानका बस्तीका घरहरू बर्सेनि खोलातिर ढल्कँदै गएका छन् । खोलातिर जमिन धसिँदै गएको छ ।केही वर्ष यता सदरमुकाम मन्थलीमा रणजोर खोला किनारमा अस्वाभाविक रूपमा बस्ती विस्तार हुँदै गएको छ । विगतमा खोला हिँडेको ठाउँमा अहिले बजार बनेको छ । खोलाको पहिरो र बाढी उर्लिएर आउँदा कुनै पनि बेला बाढी पस्ने र ठुलो क्षति पु¥याउने जोखिम छ ।

 

त्यति मात्र होइन रणजोर खोलाको लेदोले तामाकोशी नदी थुन्यो भने नदीमा ठुलो ड्याम बनेर मन्थलीको आकाशे, हाटेचौर लगायतको क्षेत्रमा समेत क्षति पु¥याउने जोखिम छ । पहिरो रोकथाम र नियन्त्रणको लागि कुनै पनि निकायको ध्यान पुगेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोरङ सीमाबाट ७ हजार ब्रोइलर चल्ला बरामद

मोरङ, ३१ भदौ ।भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं,३१ भदौ । अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल

विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन

काठमाडौं ,३१ भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका

प्रधानमन्त्री र अमेरिकी कार्यवाहक राजदूत बीच भेटवार्ता

काठमाडौं ,३१ भदौ । प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ

बच्चा जन्मिएपछि आमाले मात्रै होइन, अब बुबाले पनि

काठमान्डौ , ३१ भदौ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरेको छ। प्रस्तावित विधेयकमा

क्षतिग्रस्त जलविद्युत् पुरानै डिजाइनमा पुनर्निर्माण गर्न हुँदैन : हितेन्द्रदेव शाक्य

काठमाडौँ,३१ भदौ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पु¥यायो