डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल

काठमाडौं,३१ भदौ । सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताउनु भयो ् ।

बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अर्यालले डिजिटल प्रणालीमा जानु संसद्को चाहना नभई आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले अहिलेको विश्व तीव्र प्रविधिको युगमा रहेकाले संसद् पनि प्रविधिको प्रयोगमा ढिला गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो।’

सभामुख अर्यालले डिजिटल पार्लियामेन्ट प्लेटफर्ममार्फत संसद्का सबै सूचना एउटै प्लेटफर्ममा संकलन गरी जनतासम्म पु¥याउने उद्देश्य रहेको बताउनुभयो । उहाँले संसद्का गतिविधि लामो समयसम्म सुरक्षित राख्दै आगामी सयौँ वर्षसम्म नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने लक्ष्य रहेको बताउनु भयो ।

‘यसले गर्न खोजेको चाहिँ एउटा इन्टिग्रेटेड, एउटा हामी सबै कुरालाई एउटा प्लेटफर्ममार्फत सूचनाहरू कलेक्सन गरौँ र जनता कहाँ पनि ती सूचनाहरू पु¥याऔँ। र हामी सजिलोसँग हामीले खोज्न चाहेका चिजहरू प्राप्त गरौँ भन्ने एउटा प्रयास हो,’ उहाँले भन्नुभयोे ।

सभामुख अर्यालले पुराना संसदीय दस्तावेज तथा ढड्डाहरू खोजी गरी डिजिटलाइज गर्ने काम अघि बढाइने बताउनुभयो । आगामी दिनमा हुने संसद्का सबै कार्यक्रमसमेत डिजिटल अभिलेखमा राखेर सय, दुई सय वा पाँच सय वर्षपछि पनि नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने बनाउने उहाँको भनाइ छ ।

 

उहाँले विगतमा डिजिटल संसद्को प्रयास सफल हुन नसक्नुमा यसलाई सबै पक्षले आफ्नो आवश्यकता हो भनेर महसुस गर्न नसकेको बताउनु भयो । अब भने कर्मचारी, सरकार, सांसद तथा संसद्का नेतृत्व सबैले यसलाई आवश्यकताका रूपमा लिएर अघि बढ्नुपर्ने उहाँले बताउनु भयो ।

डिजिटल पार्लियामेन्ट परीक्षणकै क्रममा रहेकाले यसमा देखिएका कमजोरी र त्रुटिहरू सुधार गर्दै अघि बढ्ने सभामुख अर्यालले बताउनु भयो । उहाँले कर्मचारी, पत्रकार, सांसद, समितिका सभापति तथा सचिव र आम नागरिकबाट आएका सुझावलाई समेटेर प्लेटफर्मलाई थप सहज र प्रयोगमैत्री बनाइने बताउनु भयो ।

‘अहिले यहाँ राखिएका कुराहरू थुप्रै त्रुटिहरू हुन सक्छन्। यहाँ एटेन्डेन्सको कुराहरू राखिएको छ, कति माननीय सदस्यहरूको एटेन्डेन्स यहाँ राखिएकोसँग केही मेल नखाएको हुन सक्छ। यस्तो कुराहरूलाई चाहिँ यो अन्तिम होइन, फेरि पनि हामीले भनेका छौँ यो परीक्षण हो,’ उहाँले भन्नु भयोे ।

उहाँका अनुसार डिजिटल प्लेटफर्ममा विधेयकको अवस्था, सांसदहरूको विवरण, संसद्को क्यालेन्डर, उपस्थिति तथा समिति र उपसमितिसम्बन्धी सूचना एउटै प्रणालीबाट हेर्न सकिनेछ । सांसदहरूले बोलेका अडियो तथा भिडियोसमेत सुरक्षित रूपमा अभिलेख गरिने उहाँले बताउनुभयो ।

सभामुख अर्यालले डिजिटल पार्लियामेन्ट सबै नागरिकको पहुँचमा पुग्ने गरी अपाङ्गमैत्री र प्रयोगमैत्री बनाइने बताउनुभयो । साथै, आगामी अधिवेशन सुरु हुने बेलासम्म प्लेटफर्मलाई थप सुधार गरी प्रभावकारी बनाउने प्रयास गरिने उहाँको भनाइ छ ।

उहाँले डिजिटल प्रविधिमा अभ्यस्त हुन कठिन नहुने उदाहरण दिँदै बैंकिङ क्षेत्रमा ढड्डाबाट कम्प्युटर प्रणालीमा रूपान्तरण भएको प्रसंगसमेत सुनाउनु भयो । रुचि र आवश्यकता महसुस भएपछि प्रविधि सिक्न कठिन नहुने उहाँले बताउनु भयो ।

सभामुख अर्यालले डिजिटल पार्लियामेन्टको सुरुवात संघीय संसद्लाई मात्रै नभई समग्र शासन प्रणालीलाई नागरिकमैत्री बनाउने दिशातर्फको प्रयास भएको बताउनु भयो । उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित संघ, प्रदेश तथा स्थानीय सरकारलाई थप जनमुखी र नागरिकमैत्री बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक