राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं,३१ भदौ । अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्ताव राख्नु भएको थियो। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।छलफलको क्रममा सभापति बुढाथोकीले विधेयकका विभिन्न विषयमा समितिमा लामो छलफल, तर्क र संवाद भएको बताउनु भयो। आफूहरूलाई आवश्यक लागेको विषय संशोधन गर्न संशोधन प्रस्तावसमेत दर्ता गरिएको उहाँले जानकारी दिनु भयो।

 

‘हामीले हामीलाई लागेका विषयवस्तु यो संशोधन हुनुपर्छ भन्ने मान्यताका आधारमा हामीले संशोधन प्रस्ताव पनि दर्ता ग¥यौँ,’ उहाँले भन्नु भयो, ‘त्यसपश्चात् यहाँ छलफलमा पनि हामी धेरै हामीले तर्क, संवाद, वाद ग¥यौँ । त्यो पनि हाम्रो समितिको रेकर्डमा छ ।’बुढाथोकीका अनुसार विधेयकमाथि समितिले गरेका निर्णयहरू सर्वसम्मत रहेका छन् । ती निर्णयका आधारमा नै प्रतिवेदन तयार भएको र सदनमा पेश गर्नुअघि प्रतिवेदनमा समितिले गरेका निर्णयभन्दा बाहिरका विषय समावेश भए–नभएको जाँच गर्न बैठक केन्द्रित रहेको उहाँले बताउनु भयो ।उहाँले भन्नु भयो, ‘समितिको छलफलमा पहिलो विधेयक हो । यस विधेयकलाई सर्वसम्मत ढङ्गले जानुपर्छ भन्ने सबै सदस्यहरूको एकदम सहृदय भावनाले पनि यसलाई धेरै काम गरेको छ ।’उहाँले समितिका बैठकमा भएका छलफल र निर्णयहरू अभिलेखमा रहेको भन्दै समितिका सदस्यहरूले थप सुझाव वा आफ्ना धारणा लिखित रूपमा समिति सचिवालयमा दर्ता गराउन सक्ने बताउनु भयो ।

 

नेपाल राष्ट्र बैंक ऐन संशोधन भइरहेका बेला मुलुकले आर्थिक रूपमा फड्को मार्नुपर्नेमा जोड दिनु भयो । उहाँले विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन र नेतृत्वले प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने विषयमा संरचनागत सुधारको आवश्यकता भएको बताउनु भयो ।समितिका सदस्यहरूले विधेयकलाई परिवर्तनको अवसरका रूपमा ग्रहण गरेको बताउँदै उहाँले प्रतिवेदनलाई अनावश्यक ढिलाइ नगरी सदनमा अघि बढाउनुपर्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोरङ सीमाबाट ७ हजार ब्रोइलर चल्ला बरामद

मोरङ, ३१ भदौ ।भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं,३१ भदौ । अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल

विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन

काठमाडौं ,३१ भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका

प्रधानमन्त्री र अमेरिकी कार्यवाहक राजदूत बीच भेटवार्ता

काठमाडौं ,३१ भदौ । प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ

बच्चा जन्मिएपछि आमाले मात्रै होइन, अब बुबाले पनि

काठमान्डौ , ३१ भदौ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरेको छ। प्रस्तावित विधेयकमा

क्षतिग्रस्त जलविद्युत् पुरानै डिजाइनमा पुनर्निर्माण गर्न हुँदैन : हितेन्द्रदेव शाक्य

काठमाडौँ,३१ भदौ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पु¥यायो