भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले युद्धस्तरमा काम गरिरहेको छ : रवि लामिछाने

काठमाडौं , भदौ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेको बताउनुभयो ।बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क र छलफल गरिरहेको बताउनुभयो ।उहाले भन्नुभयो, ‘प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। हिजो भर्खर स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनुभएको छ । प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो।’उहाले सरकार र राजनीतिक दलको जिम्मेवारी फरक–फरक भएकाले कामको बाँडफाँडअनुसार अघि बढिरहेको बताउनुभयो ।‘राजनीतिक, हामी त काम बाँडफाँड गरेर गर्छौँ। हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईंले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला । तर हिजो जस पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने एउटा परिपाटी त्यो किसिमको परिस्थिति थियो । अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन,’उहाले भन्नुभयो।लामिछानेले संसदीय समितिले गर्ने कामको स्वामित्व सरकारले नलिने भन्ने अवस्था नरहेको पनि बताउनुभयो ।

उहाले भन्नुभयो , ‘संसदीय समितिले गर्ने कुरा, सर्वदलीय समिति बनेर बन्ने कुरालाई त्यसको ओनरसिप नलिने भन्ने कुरा हुँदैन। त्यस्तो होला भनेर अज्युम गर्ने बेला अहिले छैन। हामी त्यही गर्छौँ भनेर कमिटमेन्टका साथ बसेका हौँ।’भोटेकोशी बाढीको प्रकृतिबारे विज्ञमार्फत अध्ययन गरी सरकारले चाँडै स्पष्ट पार्नुपर्ने विषयमा बैठकमा छलफल भएको उहाले भन्नुभयो ।‘सरकारलाई चाँडै विज्ञहरूले यसलाई भन्नुपर्ने हुन्छ, भएको के हो भन्ने कुरा। किनभने यो अलिकति जटिल किसिमको विषय भएको हुनाले, यो अलिकति अनुसन्धानको विषय र अलिकति विज्ञता आवश्यक पर्ने विषय भएको हुनाले सरकारलाई यसलाई पनि एउटा नामकरण गरेर यो के हो भन्ने कुरा भन्ने भनेर हामीले आज निर्णय पनि त्यो गरेको, चाँडै सरकारले भन्ला,’
उहाले भन्नुभयो ।उहाले बाढीपछि विभिन्न मन्त्रालय, विभाग र सरकारी संयन्त्रले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताउनुभयो ।सरकारले सुरुमा खोजी तथा उद्धारमा जोड दिएको र अहिले राहत तथा पुनःस्थापनाको काम अघि बढिरहेको लामिछानेको भनाइ छ ।पुनःस्थापना र पुनर्निर्माणको काम लामो चरण भएकाले सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणहरू योजना निर्माणदेखि फिल्डसम्म सक्रिय रहेको
उहाले बताउनुभयो ।उहाले भन्नुभयो , ‘अब पुनःस्थापन, पुनर्निर्माणको एउटा लामो चरण बाँकी छ। त्यसमा पनि सम्बन्धित मन्त्रालयहरू, विभागहरू, प्राधिकरणहरू सबैजना एक्टिभ भएर कोही योजना बनाइरहेका छन्, कोही फिल्डमा छन्।

त्यसकारणले हरेक दिन, हरेक ठाउँमा बैठक गर्नेहरूले बैठक, निर्णय गर्नेहरूले निर्णय, पुग्नुपर्नेहरू पुगिरहनुभएको छ। नीतिगत काम पनि र फिल्डमा गर्ने कामहरू सबै निरन्तर एकदमै यो युद्धस्तरमा भन्दा फरक पर्दैन होला, त्यसरी काम भइरहेको छ।’रास्वपाभित्र सरकारका कामबारे हुने आलोचनालाई उनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्नुभयो ।उहाले भन्नुभयो , ‘कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कहिलेकाहीँ त्यसको कसैले लाभ अलि बढी, कम–बढी उठाउँदाखेरि त्यसमा अलिकति अभिव्यक्त गर्ने, आफ्नै सरकारलाई पनि अलिकति आलोचना गर्ने, एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले त्यो कोही साथीहरूले आफ्नो शैलीगत केही, पनि मान्छेको शैली पनि त हुन्छ नि।’उहाले पार्टीका नेता तथा सांसदहरूले आफ्ना कुरा राख्ने शैली फरक–फरक हुने भन्दै त्यसबाहेक पार्टीभित्र अन्य कुनै समस्या नरहेको बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक