पावरहाउसभित्र चार जनाको शव फेला ,पहिचान खुल्न

रसुवा,३१ भदौ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेको छ।

आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी तथा उद्धार गर्ने क्रममा शवहरू भेटिएका हुन्।

गत भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी(त्रिशूली नदीमा आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो।

बाढी आएयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारहरूको निरन्तर खोजी कार्य जारी राखिएको थियो।

फेला परेका शवहरूको पहिचान खुल्न बाँकी रहेको छ। हाल सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूले शवको सनाखत तथा अन्य आवश्यक कानुनी प्रक्रियाहरू अघि बढाइरहेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोरङ–३ को वर्षौँदेखिको जग्गा विवाद तीन चरणमा समाधान गरिने : सांसद गणेश कार्की

काठमाडौँ , भदौ ३१ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले आफ्नो क्षेत्रमा वर्षौँदेखि बल्झिँदै आएको जग्गाको किचलोलाई तीन चरणमा समाधान गर्ने

मलेसियाको म्यानपावर सिन्डिकेट विवाद : कूटनीतिक तहबाट समाधान खोज्दै सरकार

काठमाडौं , भदौ ३१। मलेसियाले श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनी मात्र छनोट गरेपछि देखिएको असमझदारी सुल्झाउन सरकारले कूटनीतिक पहल तीव्र पारेको छ।दुई देशबीचको औपचारिक

महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्याङ्कीभित्र टुक्राटुक्रा पारिएको शव फेला

काठमाडौँ , भदौ ३१ । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा शौचालयको सेफ्टी ट्यांकीभित्र एक युवकको शव फेला परेको छ ।मृतक भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय

विपद् व्यवस्थापनका लागि प्रधानमन्त्रीले दल र विज्ञहरूसँग छलफल गर्नुपर्छ : माधवकुमार नेपाल

काठमाडौं , भदौ ३१ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल र विज्ञहरूसँग छलफल गरी विपद् व्यवस्थापनका लागि आवश्यक निर्णय

पावरहाउसभित्र चार जनाको शव फेला ,पहिचान खुल्न

रसुवा,३१ भदौ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेको छ। आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी तथा उद्धार गर्ने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले युद्धस्तरमा काम गरिरहेको छ : रवि लामिछाने

काठमाडौं , भदौ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम