मोरङ–३ को वर्षौँदेखिको जग्गा विवाद तीन चरणमा समाधान गरिने : सांसद गणेश कार्की

काठमाडौँ , भदौ ३१ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले आफ्नो क्षेत्रमा वर्षौँदेखि बल्झिँदै आएको जग्गाको किचलोलाई तीन चरणमा समाधान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको छ
। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाले समस्या समाधानको प्रक्रिया अघि बढिरहेकाले स्थानीय बासिन्दालाई नआत्तिन र बिचौलियाको प्रभावमा नपर्न आग्रह गर्नुभएको छ । सांसद कार्कीका अनुसार जग्गा विवाद समाधानका लागि तीन चरणको कार्ययोजना बनाइएको छ। पहिलो चरणमा सुकुम्बासी समस्याको समाधान, दोस्रो चरणमा ऐलानी जग्गा व्यवस्थापन र तेस्रो चरणमा सट्टाभर्ना तथा दोहोरो स्वामित्वको विषय निरुपण गरिने उल्लेख गर्नुभएको छ । यो  प्रक्रियाका लागि राज्यले तोकेको नियमित राजस्व तथा शुल्कबाहेक कुनै अतिरिक्त रकम नलाग्ने उहाले स्पष्ट पार्नुभएको छ । ‘तपाईंहरूसामु अनेक मान्छे र समूह आउलान्, कसैको उक्साहटमा नलाग्न र बिचौलियाहरूको प्रभावमा नपर्न विशेष अनुरोध गर्दछु,’ उहाले भन्नुभएको छ । साथै, वर्षौँदेखि भूमिमा बसोबास गरिरहेका नागरिकको हक र न्यायलाई प्राथमिकतामा राखेर नै समस्याको समाधान खोजिने उहाको भनाइ छ ।

हालको कानुनी व्यवस्थाले ऐलानी र सट्टाभर्नाका सबै समस्या सम्बोधन गर्न नसक्ने भएकाले कानुन संशोधनको प्रक्रिया थालिएको कार्कीले उल्लेख गर्नुभएको छ। वन क्षेत्रमा पारिएका जग्गा तथा धनीपुर्जा छानबिन सम्बन्धी कानुनी जटिलता फुकाउन ‘केही नेपाल ऐन संशोधन विधेयक’को मस्यौदा वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयमा अन्तिम चरणमा पुगेको र छिट्टै संसद्मा दर्ता हुने उहाले जानकारी दिनुभएको छ । नागरिकका समस्या समाधानका लागि आफू सम्बन्धित मन्त्रीहरूसँग निरन्तर संवाद र छलफलमा रहेको बताउँदै उहाले जनताले फेरि मन्त्रालय धाउनुपर्ने अवस्था आउन नदिने दाबी गर्नुभएको छ। जनताले गरेको विश्वासप्रति सचेत रहेको उल्लेख गर्दै कार्कीले भन्नुभयो , ‘तपाईंहरूको भरोसामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छु, चुनावमा तपाईंहरूको छनोट गलत थियो भनेर शिर झुक्न दिने छैन।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाल सुधार गृहको सुधार र पोषण भत्ता वृद्धिको माग

काठमाडौं ,३१ भदौ। कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद समीक्षा बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको पोषण

सरकार आफैं नगर्ने, अरूलाई पनि गर्न नदिने अवस्था आयो’ : सांसद आरेन राई

काठमाडौं ,३१ भदौ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवा लगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताउनु भएको छ।

विपद् व्यवस्थापनमा सरकारको भूमिका माथि सांसद राईको प्रश्न

काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसका सांसद निष्कल राईले प्राकृतिक विपद्को व्यवस्थापन, सरकारको कार्यशैली, सुशासन, कानुनी शासन तथा मुलुकको आर्थिक भविष्यबारे सरकारसँग प्रश्न गर्नु भएको छ।

दमकमा पहिलो प्रदेशस्तरीय भेट्रान च्यालेन्ज कप हुँदै

दमक,३१ भदौ ।दमकमा कोशी प्रदेश जिल्ला स्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ।दमक भेट्रान क्लबको आयोजनामा असोज १५ गतेदेखि ६ दिनसम्म प्रतियोगिता

 दमकमा ५६ हजार नागरिकलाई खोपः तर कति छ तयारी?

दमक, ३१ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र यसबाट हुने मृत्युका घटना बढिरहेका छन्। जोखिम न्यूनीकरणका लागि सरकारले असोज ५ गतेदेखि

अध्यागमन सेवा प्रविधिमैत्री बन्दै : मोबाइल एपमै उपलब्ध हुनेछ डिजिटल राहदानी र नेपाली भिसा

काठमाडौं , भदौ ३१ । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने तयारी गरेको