दमकमा पहिलो प्रदेशस्तरीय भेट्रान च्यालेन्ज कप हुँदै

दमक,३१ भदौ ।दमकमा कोशी प्रदेश जिल्ला स्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ।दमक भेट्रान क्लबको आयोजनामा असोज १५ गतेदेखि ६ दिनसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।प्रतियोगितामा झापा, मोरङ, इलाम, पाँचथरलगायत जिल्लाका १२ वटा भेट्रान टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

 

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसबाहेक विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिने दमक भेट्रान क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिनुभयो।

 

बुधबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिताको मुख्य उद्देश्य भेट्रान खेलाडीलाई खेलमा सक्रिय राख्नुका साथै नयाँ पुस्तालाई समेत खेलकुदतर्फ आकर्षित गर्नु रहेको आयोजकको भनाइ छ। नयाँ पुस्तालाई भेट्रान खेलाडीहरूसँगै खेल हेर्ने र खेल्ने अवसरसमेत प्रदान गरिने अध्यक्ष देवानले बताउनुभयो।

पुराना पुस्ताको खेल अनुभव र नयाँ पुस्ताको उत्साहलाई एकै ठाउँमा जोड्दै प्रतियोगिताले स्थानीयस्तरमा फुटबलको विकास र खेलाडी उत्पादनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क