प्रधानमन्त्रीको यूएन सम्बोधनका दिन न्यूयोर्कमा ‘हिमालयन जलवायु न्याय’ सभा गर्न डा. विपिन अधिकारीको सुझाव

काठमाडौं , असोज १। संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा नेपालको धारणा प्रस्तुत गर्ने क्रममा न्यूयोर्कस्थित नेपाली समुदायले हिमालयन जलवायु न्यायको पक्षमा ऐक्यबद्धता सभा आयोजना गर्नुपर्ने सुझाव दिनुभएको छ ।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाले प्रधानमन्त्रीले यूएनमा नेपालको सन्देशलाई विपद् पीडित राष्ट्रका रूपमा सहायता माग्ने विषयमा मात्र सीमित नराखी जलवायु अन्याय भोगिरहेको राष्ट्रको न्यायोचित दाबीका रूपमा प्रस्तुत गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।उहाले त्यसै दिन न्यूयोर्कमा नागरिक तहबाट हिमालयन जलवायु न्यायको पक्षमा ऐक्यबद्धता सभा कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिनुभएको छ । यूएन मुख्यालय नजिकको ड्याग ह्यामरशोल्ड प्लाजाजस्ता स्थानमा व्यवस्थित रूपमा कार्यक्रम गर्न सके यसको अन्तर्राष्ट्रिय सन्देश प्रभावकारी हुने उहाको भनाइ छ ।डा. अधिकारीले उक्त कार्यक्रमलाई प्रधानमन्त्रीको व्यक्तिगत समर्थनका रूपमा नभई नेपाल र समग्र हिमाली क्षेत्रको जलवायु न्यायको पक्षमा ऐक्यबद्धता प्रदर्शनका रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ । उहाका अनुसार यसमा नेपाली समुदायसँगै भुटान, भारतका हिमाली क्षेत्रका समुदाय, तिब्बती तथा चिनियाँ हिमालयन डायस्पोरा र जलवायु न्यायका पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय समूहलाई पनि सहभागी गराउन सकिन्छ । यसरी महासभाभित्र उठ्ने विषयलाई बाहिरको नागरिक आवाजसँग जोड्न सके नेपालले उठाउने मुद्दालाई थप नैतिक बल मिल्ने उहाको तर्क छ ।

मिडिया रणनीतिमा पनि उहाले संख्या भन्दा स्पष्ट सन्देशलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ । ५०० जना जम्मा गर्नुभन्दा १००–२०० जना एउटै सन्देशसहित हिमालका तस्वीर, नेपाल–हिमालयको नक्सा, रसुवालगायतका जलवायुजन्य विपद्का दृश्य र प्रभावकारी अंग्रेजी प्लेकार्डसहित उपस्थित हुँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बढी प्रभाव पार्न सक्ने उहाको भनाइ छ ।उहाले आयोजकहरूले एक पृष्ठको ‘न्यूयोर्क हिमालयन क्लाइमेट जस्टिस डिक्लेरेसन’ जारी गर्न पनि सुझाव दिनुभएको छ । उक्त घोषणापत्रमा जलवायु वित्त (क्लाइमेट फाइनान्स), ‘लस एन्ड ड्यामेज’ कोष, प्रारम्भिक चेतावनी प्रणाली, हिमनदी अनुगमन, जलवायु–अनुकूल पूर्वाधार तथा हिमालय क्षेत्रीय सहकार्यसम्बन्धी पाँच–छ वटा स्पष्ट माग समेट्न सकिने उहाले उल्लेख गर्नुभएको छ ।डा. अधिकारीले यस्तो पहल सफल भए नेपालका लागि मात्र नभई ‘हिमालयन क्लाइमेट जस्टिस’ को अवधारणालाई अन्तर्राष्ट्रिय राजनीतिक विमर्शमा स्थापित गर्ने प्रतीकात्मक सुरुआत हुन सक्ने बताउनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक