त्रिशूली नदी गाउँतर्फ सोझिँदा गोरखाको राइनस बस्ती उच्च जोखिममा, ३० घर त्रासमा

गोरखा , असोज १ । भदौ १० को भोटेकोशी बाढीपछि उर्लिएको त्रिशूली नदी गाउँतर्फ सोझिएपछि सहिद लखन गाउँपालिका–४ ताक्लुङस्थित राइनस गाउँ उच्च जोखिममा परेको छ । त्रिशूलीको भेल गाउँतिर सोझिएर राइनस बजार नजिकै पहिरो खसेको हो । बस्ती नजिकैबाट करिब ३ सय मिटरमाथिबाट खसेको पहिरो दुई घरको आँगनमै पुगेको छ । स्थानीय मनमाया राना र सोममाया रानाको घर जोखिममा परेको हो । उनीहरु अहिले छिमेकीको घरमा सरेर बसेका छन् । अहिले राइनसका ३० घर उच्च जोखिममा परेको स्थानीय कृष्ण चेपाङले बताउनुभयो । ‘भदौ १० को त्रिशूली बाढीपछि निरन्तर पहिरो खस्यो, बस्ती सँगैको डाँडामाथिबाट खसेको पहिरो तीन सय मिटर जति छ,’ उहाले भन्नुभयो , ‘त्रिशूली बढेका बेला पहिरो निरन्तर थियो, एक–दुई दिन भयो अहिले थामिएको जस्तो भएको छ, तर मन डराएर हामी राति सुत्न सकेका छैनौँ ।’ठूलो पानी परे नजिकैको स्कुलमा गएर स्थानीयहरूले रात कटाउने गरेको उहाले सुनाउनुभयो । ‘घरमाथिबाट पहिरो छ, तल त्रिशूली छ, पानी परे मन आत्तिहाल्छ, नजिकैको स्कुलमा गएर सुत्ने गरेका छौँ,’ उहाले बताउनुभयो ।

बाढीपछि विस्थापित बनेका दुई घर आफन्तको घरमा सरेर बसेको उहाले सुनाउनुभयो । ‘दुई घर बस्नै नमिल्ने भयो, नजिकै त्रिशूली छ, डरैडरमा छौँ,’ उहाले बताउनुभयो । नदीले बस्ती तर्फ खोलेर पहिरो खसेको उहाले सुनाउनुभयो । ‘एक–दुई वर्ष अघिबाट सानो–सानो पहिरो त गइरहेको थियो, भदौ १० को बाढीपछि पहिरो झनै फराकिलो बन्यो,’ उहाले बताउनुभयो ।राइनसको बजार जोखिममा परेपछि नजिकैको ढोडेनीबाट झोलुङ्गे पुल निर्माण गर्न पनि स्थानीयले माग राख्दै आएका छन् ।बस्ती नै उच्च जोखिममा परेपछि वडाका प्राविधिक पुगेर स्थलगत अध्ययन पनि गरेका थिए । बस्तीमुनि त्रिशूली नदीको धक्काले बस्ती माथिको डाँडाबाट पहिरो खस्न सुरु भएको वडा अध्यक्ष यमबहादुर थापाले बताए । ‘माथिबाट पहिरो खसिरहने, तलबाट नदीले पहिरो तानिरहने भएपछि बस्ती नै जोखिममा परेको छ,’ उनले भने, ‘प्रदेश सरकार र सरोकारवालालाई पनि राइनस बजारको अवस्थाबारे जानकारी गराएका छौँ ।’ बस्ती नजिकै पहिरो खसेपछि स्थानीयलाई सचेत रहन पनि आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा