नेपालसँगको सम्बन्ध नागरिकताभन्दा रगत र वंशसँग जोडिएको छ : अभियन्ता रञ्जन शर्मा

काठमाडौं , असोज १ । सामाजिक अभियन्ता तथा कानुनविद् रञ्जन शर्मा खनालले विदेशमा रहेका वंशजका नेपाली नागरिकको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान र नागरिकता ऐनमा आवश्यक संशोधन गर्नुपर्ने बताउनुभएको छ ।ललितपुरको बागलामुखी मन्दिर परिसरमा आयोजित गैरआवासीय नेपालीका अभिभावकको राष्ट्रिय भेला तथा छलफल कार्यक्रममा बोल्दै उहाले विदेशमा रहेका नेपालीको देशसँगको सम्बन्ध नागरिकताभन्दा पनि रगत र वंशसँग जोडिएको विषय भएको बताउनुभयो । उहाले विदेशमा रहेका करिब एक करोड वंशजका नेपालीले अहिले पनि नेपालप्रति चासो र चिन्ता राखेर बसिरहेको बताउनुभयो । उनले भने, ‘हामी देशभित्रै देश खोज्दै छौँ । एक करोड वंशजका नागरिकहरू अहिले पनि विदेशमा ‘नेपाल’ भनेर रातभर नेपालका बारेमा चिन्ता लिइरहनु भएको छ ।’उनीहरूलाई नेपालसँग जोड्ने वातावरण बनाउनुपर्ने उहाले बताउनुभयो । ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणाअनुसार विदेशिएका वंशजका नेपालीलाई नेपाल फर्कने वातावरण बनाउनुपर्ने उहाले बताउनुभयो ।

खनालले विदेशबाट आएका विभिन्न अभियन्ता तथा व्यक्तिहरूको सहभागितालाई उदाहरण दिँदै विदेशमा रहेका नेपालीहरू नेपालको विषयमा निरन्तर चासो राखिरहेको बताउनुभयो । उहाले नागरिकता अधिकारको विषयलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाले नेपालका प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेतृत्वप्रति आलोचनात्मक टिप्पणी गर्दै विदेशमा रहेका वंशजका नेपालीको नागरिकता अधिकार कमजोर पार्ने काम राजनीतिक नेतृत्वबाट भएको आरोप लगाउनुभयो ।वंशजको नागरिकतालाई मौलिक अधिकारका रूपमा व्याख्या गर्दै संविधानमै व्यवस्था भएकाले नागरिकता ऐनमा मात्रै संशोधन गरेर समस्या समाधान नहुने उहाले बताउनुभयो । संविधान संशोधनमार्फत विदेशमा रहेका वंशजका नेपालीको अधिकार स्पष्ट रूपमा सुनिश्चित गर्नुपर्ने उहाले बताउनुभयो । उनले विगतमा राज्यले विदेशमा रहेका नेपालीलाई नेपाल फर्किन आह्वान गरेको बताउनुभयो । उहाले नेपालमा रहेका तथा विदेशिएका नेपालीबीचको सम्बन्धलाई थप बलियो बनाउन राज्यले स्पष्ट नीति लिनुपर्ने बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको

असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

काठमान्डौ ,१ असोज । हरेक बर्ष विश्वकर्मा पुजाकै दिन कन्या संक्रान्ति अर्थात वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई

फोहोरमैला व्यवस्थापनमा तीनै तहको भूमिका स्पष्ट पार्न विधेयक संसद्मा प्रस्तुत

 काठमाडौं , १ असोज। फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार यो

होटल पौवाद्वारा प्रधानमन्त्री विपद् कोषमा ११ लाख सहयोग

चितवन , असोज १। होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग

नेपालसँगको सम्बन्ध नागरिकताभन्दा रगत र वंशसँग जोडिएको छ : अभियन्ता रञ्जन शर्मा

काठमाडौं , असोज १ । सामाजिक अभियन्ता तथा कानुनविद् रञ्जन शर्मा खनालले विदेशमा रहेका वंशजका नेपाली नागरिकको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान र नागरिकता ऐनमा