छथर जोरपाटीको नीति बदलियो : अब गाईको साटो सुरक्षित आवास

धनकुटा, १ असोज । गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म ‘दुहुना गाई’ वितरण गरेको छ । नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाई दिएर मात्रै परिवारलाई गाउँमा टिकाउन नसकिने निष्कर्षमा पुगेपछि गाउँपालिकाले अब आफ्नो रणनीति फेर्ने भएको छ । ‘दुहुना गाई’ कार्यक्रम हटाएर बसाइँसराइ गरेर आउने परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरिएको छ ।

आर्थिक वर्ष २०७७र७८ देखि सुरु भएको दुहुना गाई कार्यक्रमअन्तर्गत पाँच वर्षमा ५० परिवारले लैनो गाई पाएका छन् । पहिलो वर्ष नौ परिवारलाई गाई दिइएको थियो । त्यसपछि क्रमशः आव २०७८र७९ मा १०, २०७९र८० मा १८, २०८०र८१ मा ४ र २०८१र८२ मा ३ परिवारलाई गाई वितरण गरिएको पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईले बताउनुभयो ।

 

गाउँपालिकाले अन्य स्थानीय तह वा जिल्लाबाट बसाइँसराइ गरेर आउने परिवारलाई गाईमार्फत स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास गरेको राईको भनाइ छ । दूध उत्पादनबाट आम्दानी गर्नसक्ने भएकाले नयाँ ठाउँमा बसोबास गर्न आउने परिवारलाई आर्थिक रुपमा सहज हुने अपेक्षा गाउँपालिकाको रहेको राईले बताउनुभयो । कार्यक्रमको प्रभाव अपेक्षाअनुसार नदेखिएपछि गाउँपालिकाले बसाइँसराइ गरेर आउने परिवारका लागि आम्दानीको स्रोतभन्दा पहिले स्थायी बसोबासको आधार आवश्यक रहेको बताएको छ । बसाइँसराइ गरेर आउने परिवारलाई घर निर्माणमा सहयोग गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो । ‘दुहुना गाई’ कार्यक्रमको विकल्पका रुपमा सुरक्षित आवासलाई अघि सार्न लागिएको उहाँले बताउनुभयो ।

 

त्यसो त गाउँपालिकाले बसाइँसराइ गरेर आउनेबित्तिकै गाई वितरण गर्दैनथ्यो । बसाइँसराइ गरेको तीन महिना पूरा भएपछि मात्रै प्रक्रिया अघि बढाउने गरिएको थियो । गाई लिन चाहने परिवारले गाउँपालिकामा निवेदनसँगै बसाइँसराइ दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने व्यवस्था रहेको थियो ।कागजात प्राप्त भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेर परिवारको वास्तविक अवस्था, बसोबास र आवश्यक अन्य पक्षको अध्ययन गर्ने गरेको थियो । अनुगमनमा योग्य ठहरिएका परिवारलाई मात्रै दुहुना गाई उपलब्ध गराउने गरेको थियो । आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न नसक्दा भने केही इच्छुक परिवार कार्यक्रमबाट वञ्चित भएको पशुपन्छी विकास शाखाका प्रमुख राईले बताउनुभयो ।

 

छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका रहेको गाउँपालिकाले जनाएको छ । छथर क्षेत्रसँग भौगोलिक र सामाजिक सम्बन्ध नजिक रहेकाले तेह्रथुमबाट आउने परिवारको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ । तेह्रथुमसँगै धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, सङ्खुवासभा र झापाबाट परिवार छथर जोरपाटीमा बसाइँसराइ गरेर आएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । गाउँमा नयाँ परिवार भित्र्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले बसाइँसराइ गरेर आउने परिवारलाई स्थानीय तहको सेवासुविधासँग जोड्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताउनुभयो ।

 

पाँच वर्षको अनुभवपछि छथर जोरपाटीले बसाइँसराइ व्यवस्थापनको आफ्नो प्राथमिकता परिवर्तन गर्न लागेको जनाएको छ ।यसअघि गाउँमा आउने परिवारलाई ‘उत्पादनसँग जोड्ने’ नीति लिइएको थियो । त्यसका लागि दुहुना गाई वितरण गरियो । अब भने ‘सुरक्षित बसोबासको आधार तयार गर्ने’ नीतितर्फ गाउँपालिका अघि बढ्ने भएको अध्यक्ष सुब्बाले बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन रुपमा परिवारलाई गाउँमा टिकाउन आयआर्जनसँगै स्थायी र सुरक्षित आवासको आवश्यकता देखिएको छ । त्यसैले अब बसाइँसराइ गरेर आउने परिवारका लागि घर निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिन लागिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको

असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

काठमान्डौ ,१ असोज । हरेक बर्ष विश्वकर्मा पुजाकै दिन कन्या संक्रान्ति अर्थात वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई

फोहोरमैला व्यवस्थापनमा तीनै तहको भूमिका स्पष्ट पार्न विधेयक संसद्मा प्रस्तुत

 काठमाडौं , १ असोज। फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार यो

होटल पौवाद्वारा प्रधानमन्त्री विपद् कोषमा ११ लाख सहयोग

चितवन , असोज १। होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग

नेपालसँगको सम्बन्ध नागरिकताभन्दा रगत र वंशसँग जोडिएको छ : अभियन्ता रञ्जन शर्मा

काठमाडौं , असोज १ । सामाजिक अभियन्ता तथा कानुनविद् रञ्जन शर्मा खनालले विदेशमा रहेका वंशजका नेपाली नागरिकको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान र नागरिकता ऐनमा