होटल पौवाद्वारा प्रधानमन्त्री विपद् कोषमा ११ लाख सहयोग

चितवन , असोज १। होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत र पुनर्स्थापनाका लागि होटल पौवाले राहत कोषमा सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाले विपद् बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट हुने सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले सबै पौवाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूले समेत आफ्नो तर्फबाट रकम संकलन गरी विपद्मा परेको देशलाई सहयोग गरेको बताउनुभयो ।‘रकम ठूलो नभए पनि अहिले देश महाविपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला हाम्रो सानो सहयोगले पनि प्रभावित नागरिकका लागि केही राहत पुग्ने विश्वास गरेका छौँ,’ ज्ञवालीले भन्नुभयो । होटल पौवाले व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा मान्दै आएको जनाएको छ । विपद्, सामाजिक सेवा तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा पौवाले यसअघि पनि सहयोग गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा होटल पौवाका सञ्चालक समितिका सबै सदस्यहरूको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको

असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

काठमान्डौ ,१ असोज । हरेक बर्ष विश्वकर्मा पुजाकै दिन कन्या संक्रान्ति अर्थात वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई

फोहोरमैला व्यवस्थापनमा तीनै तहको भूमिका स्पष्ट पार्न विधेयक संसद्मा प्रस्तुत

 काठमाडौं , १ असोज। फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार यो

होटल पौवाद्वारा प्रधानमन्त्री विपद् कोषमा ११ लाख सहयोग

चितवन , असोज १। होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग

नेपालसँगको सम्बन्ध नागरिकताभन्दा रगत र वंशसँग जोडिएको छ : अभियन्ता रञ्जन शर्मा

काठमाडौं , असोज १ । सामाजिक अभियन्ता तथा कानुनविद् रञ्जन शर्मा खनालले विदेशमा रहेका वंशजका नेपाली नागरिकको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान र नागरिकता ऐनमा