असोज १ गते नै किन मनाइन्छ कन्या संक्रान्ति ?

काठमान्डौ ,१ असोज । हरेक बर्ष विश्वकर्मा पुजाकै दिन कन्या संक्रान्ति अर्थात वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई ध्यान दिने भएकाले कन्या पूजा प्राथमिकता पर्छ ।

कन्या संक्रान्ति सूर्यले सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने दिन हो । नेपालमा यो पर्व हरेक वर्ष असोज महिनाको १ गते मनाउने गरिन्छ । धर्मशास्त्र, ज्योतिष तथा सांस्कृतिक दृष्टिकोणले यस दिनको विशेष महत्त्व रहेको छ ।

संस्कृतिविद् डा. माधव भट्टराईले कन्या पूजा पनि नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पक्ष भएको बताउनु भयो । कन्या पूजा भनेको कन्यालाई देवी वा देवताको स्वरूप मानेर गरिने पूजा भएको बताउनु भयो । नेपालमा जीवित कुमारीलाई भगवान् तथा भगवतीकै स्वरूप मानेर पूजा गर्ने विशिष्ट परम्परा रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कन्या पूजा भनेको कन्याहरूको पूजा हो । कन्यालाई देवताको रूपमा मान्छौँ । नेपाल मात्रै यस्तो देश हो, जहाँ जीवित कुमारीको पूजा हुन्छ । भगवानलाई वा भगवतीलाई जस्तै उहाँलाई आसनमा विराजमान गराएर पूजा गरिन्छ र उहाँबाट प्रसाद प्राप्त गरिन्छ ।’

संस्कृतिविद् भट्टराईका अनुसार कन्या पूजाको विशेष महत्व दुर्गा पक्ष अर्थात् आश्विन शुक्ल पक्षको नवरात्रमा हुन्छ । नवरात्रका क्रममा देवीका विभिन्न स्वरूपको पूजा गरिने भएकाले कन्यालाई समेत देवीको स्वरूपका रूपमा पूजा गर्ने परम्परा रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयोे, ‘खास कन्या पूजा हुने भनेको दुर्गा पक्षमा हो । दुर्गा पक्ष भनेको आश्विन शुक्ल पक्ष, नवरात्र हो । नवरात्रमा कन्याको विशेष पूजा हुन्छ । अरू बेलामा पनि गर्न मिल्छ, तर उहाँलाई कुमारीको रूपमा पूजा गरिएको हो ।’

यसैगरी, डा भट्टराईका अनुसार धार्मिक परम्परामा सूर्य षष्ठी पनि सूर्यदेवको उपासनासँग सम्बन्धित महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । षष्ठी तिथिमा सूर्यको विशेष आराधना गर्ने परम्परा रहेको उहाँले बताउनु भयो ।

उहाँका अनुसार सूर्यसँग सम्बन्धित उपासनामा सप्तमी तिथिलाई समेत विशेष महत्व दिइन्छ ।

‘सूर्य षष्ठी भनेको महिनाको षष्ठी तिथिलाई विशेष रूपमा सूर्यदेवको उपासना गर्ने समय हो । सूर्यलाई मनपर्ने तिथिका रूपमा सप्तमीलाई पनि लिइन्छ, त्यसैले हाम्रो पात्रोमा रवि सप्तमी भनेर लेखिएको हुन्छ । सूर्यको उपासना गर्ने प्रमुख अवसरमध्ये माघ शुक्ल सप्तमीमा पर्ने रथ सप्तमी पनि हो, जसलाई सूर्य सप्तमी र रवि सप्तमी पनि भनिन्छ,’ उहाँले भन्नुभयो ।

भाद्र महिना सकिँदै आश्विन लाग्ने समयसँगै मौसममा परिवर्तन आउन थाल्ने भएकाले सूर्यको ताप र प्रकाशको महत्व अझ बढ्ने उहाँले बताउनु भयो । जाडोको समयमा सूर्यको किरण मानव जीवनका लागि आवश्यक हुने भएकाले परम्परादेखि नै सूर्य उपासनालाई धार्मिक तथा सांस्कृतिक अभ्याससँग जोडिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयोे, ‘भाद्र महिना सकेर आश्विन लागेको छ । जाडो सुरु हुने समय हो । जाडोमा हामीलाई घामको विशेष आवश्यकता हुन्छ । त्यसैले सूर्यको उपासना गर्ने परम्परा हाम्रो संस्कृतिमा रहेको हो । यसका आफ्नै शास्त्रीय विधान र धार्मिक मान्यताहरू छन् ।’ हिन्दू धर्मशास्त्रमा सूर्यलाई जीवन, ऊर्जा र स्वास्थ्यका प्रमुख स्रोतका रूपमा लिइन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक