एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा भएको छलफलमा कार्यदलका तर्फबाट तयार भएका प्रतिवेदनलाई एउटै बनाउने विषयमा छलफल भइरहेको छ। छलफलमा कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष एवं सदस्यहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङ सहभागी हुनुन्छ।त्यस्तै, महासचिव शंकर पोखरेल र सचिव भानुभक्त ढकाल पनि छलफलमा सहभागी हुनुन्छ। कार्यदल बाहिरका नेताहरू प्रदीप ज्ञवाली र विष्णु रिमालसमेत बैठकमा सहभागी हुनुन्छ।

आज कार्यदलको बैठक बस्ने पूर्वयोजना थियो। त्यसका लागि कार्यदलका संयोजक थापा, सदस्य पौडेल र सदस्य सचिव पोखरेललाई प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी दिइएको थियो। तर संयोजक थापाले आफैंले प्रतिवेदन लेख्ने अडान लिएपछि कार्यदलभित्र कुरा मिल्न नसकेको बताइएको छ। समितिमा सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीले सम्बन्धित नेताहरूलाई गुन्डुस्थित निवासमा बोलाएर छलफल गर्नुभएको छ ।बैठकमा कार्यदलका छुट्टाछुट्टै प्रतिवेदनलाई कसरी एउटै दस्तावेज बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।बैठकमा असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे पनि छलफल हुने बताइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको

‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो सरकार ? सांसद बराल

काठमाडौं,१ असोज । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा

विपद् सम्बन्धी संसदीय विशेष समितिको टीओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं, असोज १। रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निश्कर्षविहन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको