‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो सरकार ? सांसद बराल

काठमाडौं,१ असोज । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाले ग्यास नपाउँदा जनता समस्यामा परेको र सरकारले त्यसबारे जवाफदेही बन्नुपर्ने बताउनुभयो।

सांसद बरालले सरकारलाई बजारमा ग्यासको अभाव हुनुको कारणबारे जवाफ दिन माग गर्नुभयो । उहाँले बजारमा ग्यास किन नपाइएको, महँगी किन बढेको र जनता किन समस्यामा परिरहेका छन् भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो्, ‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो ? सरकारलाई ध्यान छ कि छैन ? जनता भोकमरीमा पर्न थाले ।’

बरालले ग्यास अभावका कारण सर्वसाधारणले आफूहरूसँग ग्यास मिलाइदिन आग्रह गरिरहेको बताउनु भयो । उहाँले बजारमा ग्यास अभावबारे एमालेले ग्यास लुकाएको भन्दै समाचार लेखिएको विषयमा पनि आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘जनता दिनका दिन रोइरहेका छन् । ग्यास छैन दिदी, हामीलाई एउटा ग्यास मिलाइदिनुस् न भन्छन् । बजारमा एमालेले ग्यास लुकाएर हामी ग्यास बजारमा अलपत्र भयौँ, हामीले पाएनौँ भनेर लेख्ने मिडिया या लेखाउने सरकार सम्बन्धित यहाँका मान्यज्यू को हो ?’

उहाँले यदि एमालेले ग्यास लुकाएको भए कारबाही गर्न र नभए त्यस्तो समाचार लेख्ने मिडिया तथा सम्बन्धित निकायमाथि कारबाही गर्न माग गर्नुभयो।

बरालले सरकारलाई जनताको समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै सभामुखमार्फत सरकारलाई तत्काल समस्या समाधानका लागि निर्देशन दिन माग गर्नुभयो ।

‘सभामुखज्यूले एक हप्ताभित्र सरकारलाई के समस्या हो, किन समस्या हो, बजारमा जनताहरू किन भोकमरीमा छन्, किन समस्यामा छन् भनेर निर्देश दिनको लागि म सभामुखज्यूलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयो ।

 

उहाँले सरकारले विगतको सरकारको नैतिकताको प्रश्न उठाउने गरेको भन्दै अहिले जनताले भोगिरहेको समस्याको जिम्मेवारी लिनुपर्ने बताउनुभयो।

बरालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारमाथि पनि प्रश्न उठाउँदै जनतालाई ग्यास अभाव र भोकमरीको अवस्थामा नपु¥याउन आग्रह गर्नुभयो ।

‘यो सरकारले मलाई भन्न मन छैन, अहिले पनि जिउ काँपिरहेको छ । किनभन्दा जनता भोक मर्न लागिसके । सरकार ग्यास च्याम्बरमा हैन, भोकमरीमा नपार,’ उहाँले भन्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

काठमाडौं,१ असोज । अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा

दमकमा मासु पसल सञ्चालनमा कडाइ, असोज १५ देखि कारबाही

दमक ,१ असोज । तपाईंले दैनिक खाने मासु कत्तिको स्वच्छ र सुरक्षित छ? अब दमकमा यसको जवाफ मासु व्यवसायीले अनिवार्य रूपमा दिनुपर्ने भएको छ। दमक

मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको

‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो सरकार ? सांसद बराल

काठमाडौं,१ असोज । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा