फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं ,१ असोज । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले जनताको आवतजावत सहज बनाउन तत्काल अस्थायी बेलिब्रिज निर्माण गर्न माग गर्नभयो ।

उहाँले भन्नभयो, ‘भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको आज २३ दिन भइसकेको छ । मैले यसअघि पनि बारम्बार यही सम्मानित सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, जनताको आवतजावत दैनिकि सहज बनाउन यथाशीघ्र अस्थायी बेलिब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिएँ तर सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ ।’

सरकारको ढिलासुस्तीप्रति प्रश्न गर्दै उहाँले भन्नभयो, ‘सरकारको यस्तो ढिलासुस्ती देख्दा लाग्छ के नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो ? धादिङका नागरिकहरूले आफैँलाई प्रश्न गर्न थालिसकेका छन्  त्यसैले म यस सम्मानित सदनमार्फत सरकारलाई फेरि पनि स्पष्ट रूपमा भन्न चाहन्छु इन्तु परन्तु धादिङको नागरिकलाई फुर्केखोलामा पुल चाहिन्छ ।’

बाढीबाट प्रभावित धादिङ, रसुवा र नुवाकोटका व्यवसायी तथा नागरिकले बैंकबाट लिएको ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नहुन्जेलसम्म मिनाहा गर्नुपर्ने माग पनि उहाँले गर्नभयो।

उहाँले भन्नुभयो, ‘बाढीका कारणले प्रभावित ठाउँहरू धादिङ, रसुवा, नुवाकोटका व्यवसायी तथा आम नागरिकले बैंकबाट लिएको ऋणको ब्याज तथा विद्युत्को महसुल पुनर्स्थापना नहुन्जेलसम्म सरकारले मिनाहा गर्नुपर्छ । पीडितहरूको आधारभूत आवश्यकताको ग्यारेन्टी सरकारले गर्नुपर्छ ।’

पृथ्वी राजमार्गको कृष्णभीरमा पटक–पटक पहिरो जाने गरेको भन्दै उहाँले तत्कालीन समाधानसँगै दीर्घकालीन वैकल्पिक सडक निर्माण गर्न पनि सरकारसँग माग गर्नभयो ।

उहाँले भन्न भयो, ‘पृथ्वी राजमार्गको कृष्णभीरको समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । कृष्णभीरमा पहिरो गएको आज १९ दिनमा बल्ल सडक सुचारु भयो तर कृष्णभीरको समस्या आजको मात्र होइन । यस क्षेत्रमा पटक–पटक पहिरो जाने र सडक अवरुद्ध हुने गरेको छ । आज सडक खुल्ला भयो भन्दैमा भोलि फेरि पहिरो जाँदैन भन्ने ग्यारेन्टी छैन । त्यसैले सरकारसँग मेरो अनुरोध छ । हामीले तत्कालीन समाधानसँगै दीर्घकालीन वैकल्पिक मार्ग पनि तयार गर्नुपर्छ । यसका लागि मलेखु–ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्न सकिन्छ ।’

त्यस्तै, प्रसूति पीडामा रहेकी महिलाले सडकमा नै बच्चा जन्माउन बाध्य भएको घटनालाई लिएर सांसद थपलियाले सरकारसँग जवाफ मागर्नभयो । उहाँले यस्ता घटनालाई राजनीतिक विषयका रूपमा नहेर्न आग्रह गर्दै अस्पतालले उपचारअघि पैसा खोज्ने प्रवृत्तिमाथि प्रश्न उठाउनु भयो ।

उहाँले भन्नु भयो, ‘एउटी आमा प्रसव पीडामा सडकमा बच्चा जन्माउन बाध्य हुनु भनेको कुनै राजनीतिक दलको हार वा जित होइन । राजनीतिमा विचार फरक हुन सक्छ । सरकार र प्रतिपक्षबीच आरोप प्रत्यारोप पनि हुन सक्छ तर एउटी आमाको प्रसव पीडालाई पनि राजनीतिक षड्यन्त्र देख्न थाल्यौँ भने हामी कस्तो राजनीति गरिरहेका छौँ र? आफैँलाई आफैँले प्रश्न गर्ने बेला आएको छ, नागरिक अस्पताल पुग्दा अस्पतालले पहिला पैसा खोज्ने कि उपचार ? मेरो प्रश्न छ प्रधानमन्त्रीज्यूलाई  मेरो प्रश्न छ स्वास्थ्य मन्त्रीज्यूलाई  अस्पताललाई कडा कारबाही हुन्छ कि हुँदैन ? पीडित परिवारले न्याय पाउँछ कि पाउँदैन ? अब यस्ता घटना नदोहोरिन सरकारले कस्तो कदम चाल्छ रु एउटा मधेसको छोरो प्रधानमन्त्री हुँदा मधेसको छोरी बुहारीको अवस्था यही हो त ?’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक