दमक ६ मा वार्ड स्तरमै जेई विरुद्धको सचेतना, अब के गरिदैछ?

दमक,१ असोज ।दमक नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको ‘जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अभियान २०८३’ लाई प्रभावकारी बनाउन वडा स्तरीय सरोकारवालाहरूका लागि दमक नगरपालिका वार्ड नं. ६ ले जापनीज इन्सेफ्लाईटिस विरुद्ध खोप अभियान अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ।
यसै अभियानलाई प्रभावकारी बनाउन ’औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक’ भन्ने मूल नाराका साथ दमक नगरपालिका स्वास्थ्य शाखाले वडा खोप समन्वय समिति तथा सरोकारवालाहरूका लागि असोज १ गते दमक–६ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा अभियानको रणनीति, लक्षित वर्ग र खोप व्यवस्थापनबारे छलफल गरिएको थियो। खोप अभियान असोज ५ गते देखी ११ गते सम्म अधारभूत स्वास्थ्य केन्द्र दमक ६ झापामा विहान १० बजे देखी ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

 

जापानीज इन्सेफलाइटिस (जेई) संक्रमणबाट झापामा ज्यान गुमाउनेहरूले खोप नलगाएको पाइएपछि सरकारले ३० वर्ष माथिका सबै नागरिकलाई यो खोप लगाउन आग्रह गरेको हो। खोप पूर्ण रूपमा सुरक्षित भएकाले नडराई खोप लगाँउन अपिल गर्दै दमक–६ आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज चेतन निरौलाले गर्भवती, ज्वरो आएका, एचआईभी संक्रमित र विगतमा खोपबाट कडा एलर्जी भएका व्यक्तिहरूले भने यो खोप लिन नमिल्ने जानकारी दिनुभएको छ।

 

सेतो लामखुट्टेको टोकाइबाट लाग्ने रोग निकै जोखिमपूर्ण छ । यसबाट बच्ने सम्भावना एकदमै कम हुन्छ र बाँची हाले पनि मानिस पूर्ण रूपमा स्वस्थ हुन सक्दैन। त्यसैले नेपाल सरकारले सञ्चालन गरेको यो राष्ट्रिय खोप अभियानमा सहभागी भई दमक–६ का सम्पूर्ण वडावासीहरूलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गर्नु हुन्छ ।दमक —६ को वार्ड अध्यक्ष टेक बाहादुर थापा।लामखुट्टेको टोकाइबाट जोगिन, सरसफाइमा ध्यान दिन र तोकिएको समयमै खोप लगाएर सुरक्षित रहन स्वास्थ्य शाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक ६ मा वार्ड स्तरमै जेई विरुद्धको सचेतना, अब के गरिदैछ?

दमक,१ असोज ।दमक नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको ‘जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अभियान २०८३’ लाई प्रभावकारी बनाउन वडा स्तरीय सरोकारवालाहरूका लागि दमक

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं ,१ असोज । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो

काठमाडौं,१ असोज । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र

उपचार खर्च अभावमा रोजिताको जीवन संकटमा, सरकारको एजेन्डा माथि प्रश्न

दमक , १ असोज ।‘खल्तीमा पैसा नभएको विपन्न नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।’ चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको यो

निजामती विधेयकको मस्यौदा तयार : अवकाश उमेर ६० वर्ष र ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं , असोज १ ।  सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्रता दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श पर्खिरहेको छ।संघीय निजामती