काठमाडौंमा एलपी ग्यासको मूल्य पुरानै दरमा, प्रतिसिलिन्डर २,०६० रुपैयाँमा बिक्री गर्न निर्देशन

काठमाडौं,२ असोज । नेपाल एल.पि. ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ । पृथ्वी राजमार्गमा वैकल्पिक ट्रयाक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेपछि संघले ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत मूल्य कायम गरेको हो ।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको भीषण बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो । सडक अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका प्लान्टहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत उपत्यकामा ग्यास ल्याइरहेका थिए । लामो र वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी अधिकतम २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न अनुरोध गरेको थियो ।

तर हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्रयाक खुलेर यातायात सञ्चालनमा आइसकेको र ग्यास बुलेटहरू सिधै उपत्यका भित्रिन थालेकाले वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेको संघले जनाएको छ ।

संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार असोज २ गते अर्थात आजदेखि लागू हुने गरी निगमले तोकेकै प्रतिसिलिन्डर २,०६० रुपैयाँभन्दा बढी नहुने गरी ग्यास बिक्री वितरण गर्न तथा सोहीअनुसार आ–आफ्ना विक्रेताहरूलाई जानकारी गराउन सम्पूर्ण ग्यास उद्योगीहरूलाई आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं,२ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा

नयाँ ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

काठमाडौं,२ असोज । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकार र रङमा जारी गरिएको नयाँ नोटमा

नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट , यसबर्ष दुई हजार २५ बढीले लिए  अनुमति

हुम्ला ,२ असोज । हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् । छिमेकी

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित ९ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं,२ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले काठमाडौंको शान्तिनगरस्थित पार्टी

हरेक वर्ष जीडीपीको ६ प्रतिशत प्राकृतिक विपद्काबाट क्षति भइरहेको छ : उपाध्यक्ष भट्ट

काठमाडौं ,२ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताउनु भएको छ । पछिल्लो

अष्ट्रेलियाको नयाँ कडाइ : नेपाली विद्यार्थी र परिवारमा कस्तो असर पर्छ?

काठमाडौं । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आप्रवासनसम्बन्धी नियममा थप कडाइ गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्थाले विशेषगरी विद्यार्थीले आफ्नो श्रीमान्, श्रीमती तथा छोराछोरीलाई अष्ट्रेलिया लैजाने