नयाँ ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

काठमाडौं,२ असोज । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

साविककै आकार र रङमा जारी गरिएको नयाँ नोटमा गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नयाँ नोटमा सगरमाथा, लालीगुराँस र हिउँ चितुवाको चित्रका साथै सुरक्षण धागोलगायतका विशेषता राखिएका छन्। नोटको तल्लो भागमा ‘वि।सं। २०८२’ उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटसँगै यसअघि चलनचल्तीमा रहेका ५० रुपैयाँका नोट पनि प्रयोग गर्न सकिनेछ। बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गरेर प्रयोग गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

रसुवा,२ असोज । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको

चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ , निर्देशक डा.सिंह

जनकपुर ,२ असोज। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताउनु भएको छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं,२ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा

नयाँ ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

काठमाडौं,२ असोज । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकार र रङमा जारी गरिएको नयाँ नोटमा

नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट , यसबर्ष दुई हजार २५ बढीले लिए  अनुमति

हुम्ला ,२ असोज । हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् । छिमेकी

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित ९ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं,२ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले काठमाडौंको शान्तिनगरस्थित पार्टी