संविधान दोस्रो संविधानसभाको उपलब्धिमा मात्र सीमित छैन : अध्यक्ष ओली

काठमाडौं , असोज ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान लामो राजनीतिक संघर्ष, जनताको त्याग र बलिदानको प्रतिफल भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान जारी भएपछि बितेको १२ वर्षको अवधि सहज नभएको बताउनुभयो । ‘हामी १२औँ संविधान दिवस मनाइरहेका छौँ । यसबीचका समयहरू सहज रहेनन्। अप्ठ्याराहरू रहे, उतारचढावहरू रहे,’ उहाले भन्नुभयो , ‘यसबीचमा वास्तवमा लोकतन्त्रलाई लोकतान्त्रिक प्रणालीका रूपमा सञ्चालन गर्न, यसको रक्षा गर्न र अगाडि बढाउन साना चुनौतीहरूको सामना गर्नुपरेन । ठूला चुनौतीहरूको सामना ग¥यौँ । निरन्तर चुनौतीहरूको सामना ग¥यौँ । आक्रमणको सामना ग¥यौँ । संविधानको रक्षा र कार्यान्वयन गर्दै अगाडि बढिरहेका छौँ ।’ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा कार्यान्वयनका क्रममा ठूला चुनौतीहरूको सामना गर्नुपरेको बताउनुभयो ।

संविधान जारी गर्नु दोस्रो संविधानसभाको उपलब्धिमा मात्र सीमित नरहेको धारणा राख्नुभयो । नेपाली जनताले लामो समयदेखि न्यायपूर्ण, समतामूलक, समृद्ध, विकसित र सुविधासम्पन्न मुलुक निर्माणको आकांक्षा राख्दै आएको उहाले बताउनुभयो ।उहाका अनुसार ती आकांक्षा पूरा गर्ने क्रममा विभिन्न कालखण्डमा नेपाली जनताले संघर्ष, योगदान र बलिदान गरेका छन् । उहाले भन्नुभयो , ‘अहिलेभन्दा सय वर्ष अगाडि, अहिलेभन्दा ९० वर्ष अगाडिदेखि सुरु भएका सुसंगठित प्रयासहरू र ती प्रयासका क्रममा गर्नुपरेको योगदान तथा बलिदान, बगाउनुपरेको आँसु र बेहोर्नुपरेका क्षतिहरूको प्रतिफल संविधान हो ।’ओलीले संविधान प्राप्तिको यात्रालाई नेपालको लामो राजनीतिक संघर्षसँग जोड्दै विगतका शासन व्यवस्थामा पनि जनताका न्याय र अधिकारसम्बन्धी आकांक्षा रहेको बताउनुभयो । उहालेती आकांक्षालाई संस्थागत गर्दै संविधानको रक्षा र कार्यान्वयनलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तपाईंको घर कसले बनायो,कहिलेकाहीँ आफैँलाई प्रश्न ?

तपाईंको घर कसले बनायो? तपाईंले, कि त्यो घरको जगदेखि छानासम्म पसिना बगाउने श्रमिकले ? म आफ्नो घरभित्र बसिरहेको हुन्छु। कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु—यो घर बन्नुमा

कांग्रेसको १५ औं महाधिवेशन : देशभर वडा तहको निर्वाचन सुरु

काठमाडौं , असोज ३। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । सो अन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको छ।पार्टी केन्द्रीय निर्वाचन समितिले

सवारीसाधन निरीक्षणका लागि चीनमा एआई रोबोटको प्रयोग सुरु

काठमाडौं , असोज ३। पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा

नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वको आधार संविधान हो : राष्ट्रपति पौडेल

काठमाडौं , असोज ३। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार

संविधान दिवसमा प्रधानमन्त्री शाहको जोड : बहुदलीय लोकतन्त्र र कानुनी शासन राष्ट्रिय जीवनका आधार हुन्

काठमाडौं , असोज ३। प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण

घले दम्पतिको घोषणा ,बाढीप्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग

काठमाडौँ,३ असोज ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख