बाढीमा बेपत्ता पत्रकार थामी नभेटिएपछि पशुपति आर्यघाटमा गरियो अन्तिम संस्कार

काठमाडौं , असोज ३। भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार तथा नेपाल थामी समाजका पूर्वउपाध्यक्ष टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थामी लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले पशुपति आर्यघाटमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको शव बनाएर उहाको अन्त्येष्टि गरेको हो ।बाढीमा बेपत्ता भएपछि उनको खोजीका लागि विभिन्न प्रयास गरिए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ ।अन्त्येष्टिपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले थामीको खोजीका लागि सरकारलगायत विभिन्न निकायसँग निरन्तर पहल गरिएको बताउनुभयो ।

उहाले भन्नुभयो , ‘वरिष्ठ रिपोर्टर टेकराज थामी भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन हुनुभएको हो । त्यसपछि उहाँको खोजीका लागि सरकारसँग समन्वय गर्नेदेखि विभिन्न प्रयास गर्यौं । तर, आजसम्म उहाँलाई सशरीर भेट्न सकिएको छैन । उहाँ लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार आज अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।’दाहालले थामीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको चिरशान्तिको कामनाका लागि एक मिनेट मौनधारण गर्न उपस्थित सञ्चारकर्मी तथा शुभेच्छुकलाई आग्रह गरेका गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै