कांग्रेसको १५ औं महाधिवेशन : देशभर वडा तहको निर्वाचन सुरु

काठमाडौं , असोज ३। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । सो अन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको छ।पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै शनिबारदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो।गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ।पार्टीको अधिवेशनमा वडाक्षेत्रभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन्। उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ।कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ।त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउँछन् । गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्यमा निर्वाचित हुनेछन् ।कांग्रेस विधानमा नगर(उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ ।यस्तै, महानगरपालिकाको वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्यमा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको विधानमा वडा सभापतिलाई वडा सदस्यका लागि मनोनीत गर्ने अधिकार स्थानीय तहअनुसार फरकफरक व्यवस्था गरिएको छ । जसअनुसार गाउँपालिका वडा सभापतिले पाँच, नगर(उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात जनालाई मनोनीत गर्न पाउँछन् ।वडा सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था तथा समावेशी सिद्धान्तअनुरूप सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यकको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व, युवा प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यमध्येबाट वडा सदस्य मनोनीत गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।यता, निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पनि अलग्गै महाधिवेशनको तयारी थालेको छ । तर देउवा समूहका अधिकांश नेता कार्यकर्ता गगन समूहमा समाहित भएका छन् ।त्यस्तै, संस्थापन पक्षको निर्वाचन समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तपाईंको घर कसले बनायो,कहिलेकाहीँ आफैँलाई प्रश्न ?

तपाईंको घर कसले बनायो? तपाईंले, कि त्यो घरको जगदेखि छानासम्म पसिना बगाउने श्रमिकले ? म आफ्नो घरभित्र बसिरहेको हुन्छु। कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु—यो घर बन्नुमा

कांग्रेसको १५ औं महाधिवेशन : देशभर वडा तहको निर्वाचन सुरु

काठमाडौं , असोज ३। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । सो अन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको छ।पार्टी केन्द्रीय निर्वाचन समितिले

सवारीसाधन निरीक्षणका लागि चीनमा एआई रोबोटको प्रयोग सुरु

काठमाडौं , असोज ३। पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा

नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वको आधार संविधान हो : राष्ट्रपति पौडेल

काठमाडौं , असोज ३। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार

संविधान दिवसमा प्रधानमन्त्री शाहको जोड : बहुदलीय लोकतन्त्र र कानुनी शासन राष्ट्रिय जीवनका आधार हुन्

काठमाडौं , असोज ३। प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण

घले दम्पतिको घोषणा ,बाढीप्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग

काठमाडौँ,३ असोज ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख