राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं, असोज ३ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानका आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ।संविधान दिवसका अवसरमा रासससँगको कुराकानीमा दाहालले संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउनुभयो । उहाले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताजस्ता आधारभूत सिद्धान्तबाहेक संविधानका अन्य विषय परिवर्तनशील रहेको बताउनुभयो ।‘संविधान कार्यान्वयनका यस अवधिलाई समीक्षा गरेर संशोधनमा जान सकिन्छ,’ उहाले भन्नुभयो , ‘संविधान संशोधनजस्तो गहन विषयमा राष्ट्रिय सहमति र एकताको वातावरण बन्नु आवश्यक हुन्छ।’सरकारले राजनीतिक दलका प्रतिनिधिसमेत सहभागी गराएर संविधान संशोधनका विषयमा बहसपत्र तयार गर्न कार्यदल बनाएको उल्लेख गर्दै दाहालले संशोधनको उद्देश्य स्पष्ट हुनुपर्ने बताउनुभयो ।सरकारको संविधान संशोधनको ध्येय स्पष्ट नभएको भन्दै केही दल कार्यदलबाट बाहिरिएको विषय पनि उहाले उल्लेख गर्नुभयो ।दाहालले संविधान संशोधनको मूल थलो संसद् हुनुपर्ने बताए। संसद्मा हुने संशोधनसम्बन्धी बहसमा सबै पक्ष सहभागी हुनुपर्ने उहाको भनाइ छ।

‘संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ। त्यसरी गरिने संशोधनको बहसमा हामी सबै सहभागी हुनुपर्छ,’ उहाले भन्नुभयो ।संविधान कार्यान्वयनका ११ वर्षको समीक्षा आवश्यक रहेको बताउँदै उनले संविधानले संस्थागत गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई कमजोर पार्ने गरी भने संशोधन हुन नहुने संकेत गर्नुभयो । दाहालले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकता र राष्ट्रिय सहमतिका आधारमा समयानुकूल परिमार्जन गर्न सकिने बताउनुभयो ।संविधान संशोधनका लागि संसद्का दुवै सदनको अलग-अलग दुई तिहाइ बहुमत आवश्यक रहेको विषयमा पनि दाहालले स्पष्ट धारणा राख्नुभयो । प्रतिनिधिसभाको नियमावलीमा संविधानमा रहेको व्यवस्थाभन्दा फरक प्रावधान राखेर संशोधन प्रक्रिया बदल्न नमिल्ने उहाको भनाइ छ।‘संविधानमा भएको व्यवस्थाभन्दा दायाँ-बायाँ गर्ने छुट हामी कसैलाई पनि हुँदैन। संविधानले संविधान संशोधनका लागि दुवै सदनको अलग-अलग दुई तिहाइ बहुमतको व्यवस्था गरेको छ,’ उहाले भन्नुभयो , ‘संसद्को नियमावलीले त्यसलाई सच्याउन सकिँदैन। सच्याउने हो भने संविधान संशोधन नै गर्नुपर्छ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१४ पटक विज्ञापन गर्दा पनि शिक्षक आएनन्, १५औँ पटक फेरि माग

बैतडी , असोज ३ । पञ्चेश्वर गाउँपालिका–२ मा रहेको देवथला माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १५ औं पटक विज्ञापन खोलेको छ। विद्यालयले संघीय अनुदान कोटामा

स्मार्ट चस्माबाट महिलाको गोप्य भिडियो खिचेको आरोप, फ्रान्समा अनुसन्धान

असोज ३ । क्यामेरा र एआई जडित स्मार्ट चस्माको दुरुपयोग गरी महिलाको सहमतिबिना गोप्य रूपमा भिडियो खिचेको आरोपमा फ्रान्सको पेरिस अभियोजन कार्यालयले आपराधिक अनुसन्धान थालेको छ।स्मार्ट

एक मन्त्री वा प्रधानमन्त्रीको प्रयासले मात्रै परिवर्तन सम्भव छैन : मुख्यसचिव कार्की

काठमाडौं , असोज ३। नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले मुलुकमा सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारसँगै निजी क्षेत्र, नागरिक समाज तथा आम

परीक्षणकै क्रममा जेमिनाईबाट तीन वेबसाइटमा ह्याकिङ प्रयास

 काठमाडौं , ३ असोज। गुगलको एआई मोडल जेमिनाईले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर तीनवटा वेबसाइटमा ह्याकिङ प्रयास गरेको पाइएको छ।स्वतन्त्र साइबर सुरक्षा मूल्याङ्कन

देउवासहितको सहभागितामा अधिवेशन अघि बढाउन डडेल्धुराका पूर्वसभापतिको माग

डडेल्धुरा ,३ असोज । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गर्नु भएको

यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री शाहसहित नेपाली टोली अमेरिका जाँदै

काठमाडौं , असोज ३ । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको