यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री शाहसहित नेपाली टोली अमेरिका जाँदै

काठमाडौं , असोज ३ । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीयसत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नुहुनेछ।

प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार , परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् ।यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ। यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या पनि हो।न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रमसमेत रहेको छ।प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नुहुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१४ पटक विज्ञापन गर्दा पनि शिक्षक आएनन्, १५औँ पटक फेरि माग

बैतडी , असोज ३ । पञ्चेश्वर गाउँपालिका–२ मा रहेको देवथला माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १५ औं पटक विज्ञापन खोलेको छ। विद्यालयले संघीय अनुदान कोटामा

स्मार्ट चस्माबाट महिलाको गोप्य भिडियो खिचेको आरोप, फ्रान्समा अनुसन्धान

असोज ३ । क्यामेरा र एआई जडित स्मार्ट चस्माको दुरुपयोग गरी महिलाको सहमतिबिना गोप्य रूपमा भिडियो खिचेको आरोपमा फ्रान्सको पेरिस अभियोजन कार्यालयले आपराधिक अनुसन्धान थालेको छ।स्मार्ट

एक मन्त्री वा प्रधानमन्त्रीको प्रयासले मात्रै परिवर्तन सम्भव छैन : मुख्यसचिव कार्की

काठमाडौं , असोज ३। नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले मुलुकमा सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारसँगै निजी क्षेत्र, नागरिक समाज तथा आम

परीक्षणकै क्रममा जेमिनाईबाट तीन वेबसाइटमा ह्याकिङ प्रयास

 काठमाडौं , ३ असोज। गुगलको एआई मोडल जेमिनाईले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर तीनवटा वेबसाइटमा ह्याकिङ प्रयास गरेको पाइएको छ।स्वतन्त्र साइबर सुरक्षा मूल्याङ्कन

देउवासहितको सहभागितामा अधिवेशन अघि बढाउन डडेल्धुराका पूर्वसभापतिको माग

डडेल्धुरा ,३ असोज । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गर्नु भएको

यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री शाहसहित नेपाली टोली अमेरिका जाँदै

काठमाडौं , असोज ३ । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको