देउवासहितको सहभागितामा अधिवेशन अघि बढाउन डडेल्धुराका पूर्वसभापतिको माग

डडेल्धुरा ,३ असोज । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गर्नु भएको छ ।

उहाँले पार्टीको विधि र प्रक्रिया मिचेर एकलौटी रूपमा गरिएको अधिवेशनले पार्टीलाई विखण्डनतर्फ लैजाने चेतावनी समेत दिनुभएको छ ।
पूर्वसभापति मल्लले जारी गरेको विज्ञप्तिमा डडेल्धुराको अधिवेशन धाँधलीपूर्ण र अवैध रहेको आरोप लगाइएको छ।

‘पाँच वर्षअघि जिल्ला अधिवेशनका क्रममा भएको धाँधली र अवैधानिक क्रियाकलापविरुद्ध सङ्गठित विद्रोह भएको थियो। अहिले पनि त्यही शैली दोहोर्‍याउँदै पार्टी सत्ताको दुरुपयोग गरी जिल्ला कब्जा गर्ने अभिप्रायले कोठे अधिवेशन सुरु गरिएको छ,’ उहाँले भन्नुभयो।

मल्लले पार्टी विभाजन रोक्नका लागि यथास्थितिमा भइरहेको जिल्ला अधिवेशनको प्रक्रिया अविलम्ब स्थगित गर्न माग गर्नु भएको छ । उहाँले डडेल्धुरा जिल्लाको विशिष्टतालाई मध्यनजर गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको सहभागितामा मात्र १५औँ राष्ट्रिय महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिुनु भएको छ । उहाँले भन्नुभयो, ‘हतारमा गरिएको यस्तो कर्मकाण्डी प्रक्रियाले आम मतदातामा निराशा मात्र उत्पन्न गराउँछ।’

पूर्वसभापति मल्लले पार्टीको विधि र प्रक्रिया नपुर्‍याई, आम सहभागिता बिना गरिने अधिवेशनमा आफू सहभागी नहुने स्पष्ट पारेका छन् । उहाँले भन्नु भयो, ‘यस्तो निरङ्कुश शैलीको अधिवेशनबाट पार्टी विखण्डनतर्फ जाने निश्चित छ। यदि यो प्रक्रिया रोकिएन भने त्यसबाट आउने दुषपरिणामको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेसको सिङ्गो नेतृत्वले लिनुपर्छ।

मल्लले डडेल्धुराका सम्पूर्ण कार्यकर्तालाई पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान पनि गर्नुभएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१४ पटक विज्ञापन गर्दा पनि शिक्षक आएनन्, १५औँ पटक फेरि माग

बैतडी , असोज ३ । पञ्चेश्वर गाउँपालिका–२ मा रहेको देवथला माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १५ औं पटक विज्ञापन खोलेको छ। विद्यालयले संघीय अनुदान कोटामा

स्मार्ट चस्माबाट महिलाको गोप्य भिडियो खिचेको आरोप, फ्रान्समा अनुसन्धान

असोज ३ । क्यामेरा र एआई जडित स्मार्ट चस्माको दुरुपयोग गरी महिलाको सहमतिबिना गोप्य रूपमा भिडियो खिचेको आरोपमा फ्रान्सको पेरिस अभियोजन कार्यालयले आपराधिक अनुसन्धान थालेको छ।स्मार्ट

एक मन्त्री वा प्रधानमन्त्रीको प्रयासले मात्रै परिवर्तन सम्भव छैन : मुख्यसचिव कार्की

काठमाडौं , असोज ३। नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले मुलुकमा सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारसँगै निजी क्षेत्र, नागरिक समाज तथा आम

परीक्षणकै क्रममा जेमिनाईबाट तीन वेबसाइटमा ह्याकिङ प्रयास

 काठमाडौं , ३ असोज। गुगलको एआई मोडल जेमिनाईले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर तीनवटा वेबसाइटमा ह्याकिङ प्रयास गरेको पाइएको छ।स्वतन्त्र साइबर सुरक्षा मूल्याङ्कन

देउवासहितको सहभागितामा अधिवेशन अघि बढाउन डडेल्धुराका पूर्वसभापतिको माग

डडेल्धुरा ,३ असोज । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गर्नु भएको

यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री शाहसहित नेपाली टोली अमेरिका जाँदै

काठमाडौं , असोज ३ । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको