एक मन्त्री वा प्रधानमन्त्रीको प्रयासले मात्रै परिवर्तन सम्भव छैन : मुख्यसचिव कार्की

काठमाडौं , असोज ३। नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले मुलुकमा सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारसँगै निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकको सामूहिक इमानदार प्रयास आवश्यक रहेको बताएका छन् ।दावाँली मिलन क्लब, काठमाडौंले आयोजना गरेको सम्मान तथा बधाई–शुभकामना कार्यक्रममा बोल्दै मुख्यसचिव कार्कीले कुनै एक व्यक्ति, पद वा संस्थाको मात्र प्रयासले अपेक्षित परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे ।उनले जिम्मेवारीमा रहेका व्यक्ति इमानदार, कर्तव्यनिष्ठ, दूरदर्शी र नेतृत्वदायी हुनुपर्ने भए पनि समग्र समाज नै परिवर्तन र सुशासनप्रति प्रतिबद्ध हुनुपर्ने बताए । ‘कुनै एउटा मन्त्री, प्रधानमन्त्री, सचिव वा आयोजना प्रमुख असल, इमानदार र कर्तव्यनिष्ठ भएर मात्रै पुग्दैन । समग्र समाज नै विकास र सुशासनप्रति प्रतिबद्ध हुनुपर्छ,’ उनले भने ।मुख्यसचिव कार्कीले आफ्नो सरकारी सेवाको अनुभव सुनाउँदै आफूले विभिन्न राजनीतिक परिवर्तनको प्रत्यक्ष अनुभव गर्न पाएको बताए । उनले २०४६ सालमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेको केही समयपछि पञ्चायत व्यवस्था अन्त्य भई बहुदलीय व्यवस्था स्थापना भएको स्मरण गरे ।उनले सेवाको प्रारम्भिक चरणमा गाउँ पञ्चायत तथा पछि गाउँ विकास समितिको सचिवका रूपमा काम गर्दा लामो समय जनप्रतिनिधिविहीन अवस्थामा जिम्मेवारी निर्वाह गर्नुपरेको स्मरण गरे ।

त्यसैगरी उपसचिव भएपछि विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीका रूपमा पनि जनप्रतिनिधिविहीन अवस्थामा जिम्मेवारी सम्हाल्नुपरेको उनले बताए ।उनले भने, ‘ हामीले धेरै राजनीतिक व्यवस्थाहरू, विगतका आन्दोलनहरू, राजनीतिक परिवर्तनहरूको अनुभूत गर्न पाइयो । हाम्रो पुस्तालाई लक्की भन्नौं कि अनलक्की भनौँ, अन्योलमा छु । म ०४६ सालमा खरदारमा प्रवेश गरेको दुई–तीन महिनापछि पञ्चायत व्यवस्थाबाट बहुदलीय व्यवस्थामा परिवर्तन भयो । मैले गाउँ विकास समितिको गाउँ पञ्चायतको सचिवबाट गाउँ विकास समितिमा छ–सात वर्ष जनप्रतिनिधिविहीन अवस्थामा जागिर खानुपर्ने परिस्थिति बन्यो । पछि ०६२ सालमा उपसचिव भएँ । जनप्रतिनिधि छैन, स्थानीय विकास अधिकारी (एलडीओ) भएर सभापतिको भूमिका त्यसैगरी पाँच वर्ष जति विभिन्न जिल्लामा निभाउनुपर्यो ।’

कार्कीले गणतन्त्र स्थापना, त्यसपछिका राजनीतिक परिवर्तन तथा पछिल्लो समयको जेन–जी आन्दोलनलाई समेत आफूले नजिकबाट अनुभव गरेको उल्लेख गरे । जेन–जी आन्दोलनका क्रममा आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत रहेको भन्दै उनले त्यसबेलाको जटिल परिस्थितिलाई नजिकबाट नियाल्ने अवसर पाएको बताए ।वर्तमान सरकारले आफूलाई मुख्यसचिवको जिम्मेवारी दिएकोमा उनले सरकारप्रति आभार व्यक्त गरे ।मुख्यसचिव कार्कीले उच्च पदमा पुग्नु व्यक्तिगत रूपमा खुसी र गौरवको विषय भए पनि त्यससँगै ठूलो जिम्मेवारी र चुनौतीसमेत आउने बताए । पद प्राप्तिलाई मात्र उपलब्धिको रूपमा नहेरी त्यसबाट समाज र राष्ट्रका लागि योगदान गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।‘हामी कुनै जिम्मेवारीमा पुग्छौँ, खुसी हुन्छौँ, तलब बढ्छ, आफन्त र साथीभाइले पनि खुसी मनाउँछन् । तर समग्र नेपाली समाजले खोजेको परिवर्तन ल्याउनु अत्यन्त जटिल काम हो,’ उनले भने, ‘त्यो परिवर्तनका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्ने प्रण गर्नुपर्छ ।’

कार्यक्रममा आफूजस्तै भोजपुरबाट विभिन्न क्षेत्रमा उच्च जिम्मेवारीमा पुगेका व्यक्तिहरूसँग सामूहिक रूपमा सम्मानित हुन पाउँदा विशेष खुसी लागेको कार्कीले बताए । उनले सम्मानित अन्य व्यक्तिहरूलाई बधाई दिँदै उनीहरूको व्यावसायिक तथा सामाजिक जीवनको सफलताको शुभकामना पनि व्यक्त गरे ।दावाँली मिलन क्लबले सामाजिक संस्था तथा गैरसरकारी संस्थाका रूपमा विभिन्न आपत विपद्, महामारीलगायतका अवस्थामा सामाजिक गतिविधि गर्दै आएको उल्लेख गर्दै कार्कीले क्लबका आगामी गतिविधि अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक