जेन जि आन्दोलनमा भागेका कैदी करणी मुद्दामा पक्राउ

दमक ,४ असोज | जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी झापामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंमा कैद भुक्तान गरिरहेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–२ का २७ वर्षीय राजकुमार लिम्बू पक्राउ परेका हुन्।

जबरजस्ती करणी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७९ साल माघ २२ गते लिम्बूलाई १८ वर्ष कैद, पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरेको थियो।

लिम्बू जेनजी आन्दोलनका क्रममा २०८२ साल भदौ २४ गते कारागारबाट भागेर फरार भएका थिए।

फरार रहेका लिम्बू दमक नगरपालिका–६ स्थित एक स्थानमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरीक्षक प्रमोद खड्काको टोलीले गएराती   ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका लिम्बूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको

गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा ,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका–थालाजुङमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग

सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना, नेतृत्व उपसचिवले गर्ने

काठमाडौं , असोज ४ । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ

सवारी चालक अनुमतिपत्र अब प्रदेशले नै छाप्ने, मधेश र लुम्बिनी प्रदेशद्वारा काम सुरु

काठमाडौं , असोज ४ । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको