डोनाल्ड ट्रम्पको एआई फोर्स गठन गर्ने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्।

आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले एआई फोर्स गठन गरी एआई जार नियुक्त गर्ने घोषणा गरेका हुन्।

एआईको गलत प्रयोग र हानिकारक गतिविधि रोक्नका लागि अहिलेको फौजदारी र देवानी न्याय प्रणाली पर्याप्त हुने बताउँदै ट्रम्पले त्यसका लागि एआई फोर्स गठन गर्ने घोषणा गरेका हुन्।

’पहिलो कार्यकालमा स्पेस फोर्स जस्तै यसपटक एआई फोर्स गठन गर्दैछु। त्यसका लागि निकट भविष्यमै एआई जार नियुक्त गर्नेछु। उच्च आइक्यू भएका व्यक्तिहरूले मात्रै आवेदन दिनुहोला,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।

ट्रम्पले एआईको तीव्र विकासलाई रोक्न वा सुस्त बनाउन आवश्यक नरहेको र त्यसका लागि आफूले कुनै कदम नचाल्ने पनि बताएका छन्।

बरू यसलाई अझै अघि बढाउन एआई फोर्स नै गठन गर्ने उनले बताएका छन्। उनले एआईलाई असाधारण उद्योग समेत भनेका छन्।

’हामी कुनै पनि हालतमा यो अविश्वसनीय र असाधारण उद्योगको विकासलाई रोक्ने वा सुस्त बनाउने छैनौँ। बरु, हामी यसलाई संरक्षण गर्नेछौँ, सहयोग गर्नेछौँ र यो बढ्दै जाँदा यसको निगरानी गर्नेछौं,’उनले लेखेका छन्।

ट्रम्पको यो घोषणा एआईको तीव्र विकासबाट मानव समाजमा पर्न सक्ने जोखिमबारे बहस बढिरहेका बेला आएको हो।

केही प्रमुख एआई कम्पनीका प्रमुख तथा अनुसन्धानकर्ताहरूले प्रविधिको विकासको गति र त्यससँगै आउने सुरक्षा जोखिमबारे थप सावधानी आवश्यक रहेको बताएका छन्। यसै सन्दर्भमा एआई विकास सुस्त बनाउनुपर्ने आवाज पनि उठिरहेको छ।

ट्रम्पले भने एआईसँग जोडिएका यस्ता चिन्तालाई होक्स भनेका छन्। एआईलाई उनले अर्को औद्योगिक क्रान्ति वा इन्टरनेटको संज्ञा दिँदै यसको प्रभाव ती प्रविधिभन्दा पनि ठूलो हुन सक्ने बताएका छन्।

उनले एआईले भविष्यमा अमेरिकी अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २५ प्रतिशतसम्म हिस्सा ओगट्न सक्ने बताए।

अमेरिकाले एआई विकासमा चीन र विश्वका अन्य देशलाई पछि पारिरहेको दाबी गर्दै ट्रम्पले त्यो अग्रता कायम राख्ने बताएका छन्।

ट्रम्पले घोषणा गरेको ‘एआई फोर्स’को संरचना, अधिकार क्षेत्र वा यो सैन्य निकाय हुने हो कि नागरिक निकाय भन्नेबारे भने उनले कुनै विवरण दिएका छैनन्।

ह्वाइट हाउसले पनि तत्काल यसबारे थप जानकारी दिएको छैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको

गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा ,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका–थालाजुङमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग

सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना, नेतृत्व उपसचिवले गर्ने

काठमाडौं , असोज ४ । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ

सवारी चालक अनुमतिपत्र अब प्रदेशले नै छाप्ने, मधेश र लुम्बिनी प्रदेशद्वारा काम सुरु

काठमाडौं , असोज ४ । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको