एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको छ ।यसअघि नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले तीन अलग प्रतिवेदन मस्यौदा तयार गरेका थिए । चुनावी नतिजालाई लिएर कार्यदलमा नेतृत्वले मार्ग प्रशस्त गर्ने कि नगर्ने भन्ने मुद्दा पेचिलो बनेको थियो ।

आइतबार बसेको कार्यदल बैठकले उक्त निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन् ।  नेतृ अर्यालले कार्यदलले साझा प्रतिवेदन बनाएर सचिवालयमा पठाउने र बाँकी निर्णय सचिवालयले गर्ने पनि बताइन् । ‘अहिले कार्यदलले नेतृत्व पुनर्गठनसँग जोडिएको चिज पेस गर्दैन’, अर्यालले भनिन्, ‘कार्यदल संयोजकले पेस गरेको प्रतिवेदन मस्यौदालाई हामीले केही परिमार्जन गरेर साझा दस्ताबेजका रूपमा प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँदैछौँ ।’त्यस्तै, अर्का सचिव महेश बस्नेतले राष्ट्रिय परिषद बैठक बोलाउने निर्णय कार्यदलले गरेको जानकारी दिए । एमाले केन्द्रीय सचिवालय बैठक दिउँसो ३ बजेपछि आजै बस्दैछ । बैठकले भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

असोज ८ देखि भारी वर्षाको सम्भावना : मौसमविद्लाई प्रश्न ?

काठमाडौं,४ असोज । नेपालमा आगामी असोज ८ गते बिहीबारदेखि १२ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली र

एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको

गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा ,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका–थालाजुङमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग

सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना, नेतृत्व उपसचिवले गर्ने

काठमाडौं , असोज ४ । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ