बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ । अपहरणमा परेका २३ जना सर्वसाधारणलाई सकुशल उद्धार गरिएको सेनाले जनाएको छ । सेनाको सञ्चार शाखा ‘इन्टर-सर्भिसेज पब्लिक रिलेसनल’ (आइएसपीआर) ले एक विज्ञप्ति जारी गर्दै यात्रुहरूको अपहरण, फिरौती असुली र सवारी साधनहरू नियन्त्रणमा लिने प्रयास लडाकुहरुले गरेको आरोप लगाएको छ ।’लडाकुहरूले गए राति (शुक्रवार) कालाल नजिकैको पाकिस्तान राजमार्ग (एन-२५ मा एउटा अवैध जाँचचौकी (चेकपोस्ट) स्थापना गर्ने प्रयास गरेपछि उक्त अपरेसन सुरु गरिएको थियो,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा फौजले तत्काल जवाफी कारबाही गरेको र सोही क्रममा भएको दोहोरो भिडन्तमा ५ लडाकु मारिएको सेनाले जनाएको छ।आइएसपीआरका अनुसार फौजले लडाकुको एक लुक्ने ठाउँमा छापा मारी २३ जना सर्वसाधारणलाई अपहरणमुक्त गरेको छ । यसक्रममा लडाकुहरूले नियन्त्रणमा लिएका ६ वटा ट्रक, ३ वटा बस र २ वटा कार पनि बरामद गरेको छ।यस कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारूद र विस्फोटक पदार्थ पनि फेला परेको सेनाले जनाएको छ।सेनाले थप जानकारी भनेको छ,’यस रणनीतिक राष्ट्रिय राजमार्गमा यात्रा गर्ने नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र बाँकी रहेका लडाकुहरूलाई सखाप पार्न वरपरका क्षेत्रहरूमा खोजी तथा क्लियरेन्स अपरेसन अझै जारी छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न

ज्येष्ठ नागरिकका अनुभवलाई अनुसन्धानको आधार बनाउँदै भालाकुशारी

अमेरिका , ४ असोज । ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह र स्वास्थ्य सेवामा पहुँचका विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीको विशेष बैठक अमेरिकाको ह्यारिस्बर्गमा सम्पन्न